काम कुरो एकातिर, सभासदजति विदेशतिर


राजेन्द्र फुयाल
image.phpकाठमाडौ, वैशाख २९ – समयसीमा सकिन ९ महिना मात्र बाँकी रहे पनि संविधान निर्माणमा अहोरात्र खटिनुपर्ने थुप्रै सभासद, महत्त्वपूर्ण समितिका सभासद र नेताहरू विदेश सयरमा छन् ।
संविधानसभाको सबैभन्दा महत्त्वपूर्ण संयन्त्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको ‘निजी भ्रमण’ देखि पार्टी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका एमाले अध्यक्ष झलनाथ खनालसम्म गणना गर्दा ५० भन्दा बढी सभासद विदेश भ्रमणमा रहेको संसद् सचिवालय स्रोतले जनाएको छ । यसमा बैंककमा रहेका एमाले संसदीय दलका नेता केपी ओलीसहित स्वास्थ्य उपचारका लागि विदेशमा रहेका सभासदको गणना गरिएको छैन ।

मित्रराष्ट्र, दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको व्यवस्थापनमा ‘निजी भ्रमण’ मा जाने सभासदले आफ्नो कार्यक्रमको जानकारीसमेत सचिवालयलाई दिएका छैनन् ।

संविधानसभा निर्वाचनयता कूटनीतिक राहदानीका लागि संसद् सचिवालयबाट सिफारिस लिने सभासद संख्या ५१ छ । त्यसअघि नै कूटनीतिक राहदानी लिएका, साधारण -हरियो) राहदानीमा भिसा पाउने पहुँच भएकासमेत जोड्दा यसबीचमा विदेश सयर गर्नेको संख्या अझ धेरै छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान जारी गर्ने अवधि तोकिएको आगामी माघ ८ सम्म विदेश नजान पटक-पटक आग्रह गरे पनि नेता र सभासदले टेरेका छैनन् । ‘विदेश मात्र होइन, राष्ट्रिय प्राथमिकता बाहिरका काममा राजधानी बाहिरसमेत नजान आग्रह गरेको छु,’ नेम्वाङले भने, ‘माघ ८ भित्र संविधान निर्माण गरिसक्ने प्रतिबद्धता हामी आफैले गरेका

हौं । निर्धारित कार्यतालिकालाई यताउति नपारी सबै काम समयमा सम्पन्न गर्नुपर्छ ।’

संविधानसभा संवैधानिक अभिलेख अध्ययन तथा निक्र्योल समितिअन्तर्गत गठित ६ वटै उपसमितिले विघटित संविधानसभाका सहमति र विवादित विषयको अध्ययन सकेका छन् ।

निक्र्योल समितिका सभापति विष्णु पौडेलले विघटित सभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा रहेका सहमति र असहमतिका विषय निक्र्योलसहितका प्रतिवेदन आइतबार संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाए ।

संविधानसभामा मंगलबार टेबुल हुने ती प्रतिवेदनमाथिको छलफलमा सभापति पौडेल सम्बद्ध दलका अध्यक्ष झलनाथ खनालसहित सांसदहरू सहभागी नहुने निश्चित छ । एमाले अध्यक्ष खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै दसदिने चीन भ्रमणमा छन् । जेठ २ मा मात्र स्वदेश फर्केने तालिकामा बेइजिङ उडेको उनको टोलीमा शत्रुघन महतोसहितका सभासद छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जाने टोलीमा सभापति पौडेल पनि थिए । ‘संविधानसभाको काम प्रभावित हुने’ उल्लेख गर्दै उनी भने चीन गएनन् ।

पौडेलले बुझाएको प्रतिवेदनमाथि सभामा हुने छलफलपछि सहमतिका विषय मस्यौदा निर्माणका लागि संविधान मस्यौदा समितिमा जानेछ भने विवादित मुद्दामा संविधानसभाभित्र र बाहिरका राजनीतिक शक्तिबीच सहमति जुटाउने जिम्मेवारी भट्टराई नेतृत्वको संवाद समितिको हो । सहमति निर्माणका लागि गम्भीर गृहकार्य र विभिन्न पक्षसँग अन्तरंग संवाद थाल्नुपर्ने बेलामा सभापति भट्टराई भने पत्नी हिसिलासहित साताव्यापी चीन भ्रमणमा छन् ।

कांग्रेस केन्द्रीय कार्यालयले आफ्ना नौ सभासदको दसदिने चीन भ्रमण’bout आइतबार फ्याक्समार्फत संसद् सचिवालयलाई जानकारी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको निमन्त्रणामा त्यहाँको ‘आर्थिक तथा औद्योगिक विकासको अध्ययन तथा अवलोकन भ्रमण’ का लागि जेठ ७ गते बेइजिङ जाने कांग्रेस सांसदको टोली जेठ १६ मा मात्र र्फकने छ । टोलीमा कुमारी लक्ष्मी राई, सुधीरकुमार सिवाकोटी, तारामान गुरुङ, अब्दुल रजाक गद्दी, लालबाबु सिंह, कल्पना सोव, चन्द्रबहादुर कुँवर, रामचन्द्र यादव र संगीता मण्डल छन् ।

संविधान निर्माणको कामलाई सहजीकरण गर्नुपर्ने सरकारका उच्च अधिकारीको लगाब पनि विदेश भ्रमणमै छ । सभासदसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह सोमबार अमेरिका उड्दै छन् भने सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल जेनेभामा छन् । मौका पर्नासाथ विदेश सयरमा निस्कने रोगबाट युवा सभासद पनि मुक्त छैनन् । कांग्रेसका धनराज गुरुङ, एमालेका रवीन्द्र अधिकारी र एमाओवादीका शक्ति बस्नेत बहराइनमा छन् । संविधानसभा निर्वाचनलगत्तै आफ्नो सीमावर्ती क्षेत्रका सभासदसँग रात्रिभोज सहितको बैठक गरेको चिनियाँ दूतावासले लगत्तै १२ सभासदलाई आफ्नो मुलुक घुमाएको थियो । कांग्रेसका मोहनबहादुर बस्नेत, एमालेका आनन्द पोखरेल र एमाओवादीका अग्नि सापकोटासहित सभासद चीन भ्रमण निस्कने दिनमै मन्त्री पदको शपथ लिनुपरेकाले पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी र पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्य बेइजिङ जान रोकिएका थिए ।

काम छाडेर विदेश सयरमा नजान बारम्बार गरेको आग्रह नेताहरूले अटेर गरे पनि अध्यक्ष नेम्वाङले अनावश्यक भ्रमणको व्यवस्था नगर्न कूटनीतिक प्रयास थाल्ने संकेत गरेका छन् । ‘संविधान निर्माणको वातावरण बनाउन’ उनले जेठ २ गते नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्दैछन् । त्यसका लागि संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सबै नियोगमा पत्राचारसमेत गरिसकेका छन् । ‘संविधान निर्माणका लागि संविधानसभामा भइरहेका काम र योजना’bout कूटनीतिज्ञहरूसँग छलफल गर्न खोजिएको हो,’ संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, ‘विभिन्न क्ष्ाेत्रसँग गरिने यस प्रकारका छलफलले संविधान निर्माणको वातावरण बनाउन मद्दत पुग्छ ।’

नेताहरूको अनावश्यक विदेश भ्रमणले संविधान निर्माणको काम प्रभावित नहोस् भन्ने उद्देश्यले संसद् सचिवालयले ‘भिसा नोट’ निरुत्साहित गर्न खोजे पनि राहदानीको सिफारिस दिने गरेको छ । अघिल्लो संविधानसभामा सचिवालयले विदेश भ्रमणमा निस्कने सभासदका लागि सम्बन्धित देशको दूतावासलाई भिसा नोट लेखिदिन पराराष्ट्र मन्त्रालयलाई सिफारिस दिने गरेको थियो । ‘सचिवालयले तय गर्ने औपचारिक भ्रमणका लागि बाहेक कसैलाई पनि भिसा नोट नदिने नीति लिएका छौं,’ प्रवक्ता शर्माले भने, ‘संविधानसभा अध्यक्षज्यूको व्यस्तताका कारण अन्तरव्यवस्थापिका संघ -आईपीयू) को सम्मेलनका लागि समेत विदेश जानु भएन । व्यक्तिगत भ्रमणमा को/कहाँ जानुभएको छ भन्ने जानकारी सचिवालयलाई छैन ।’ संविधान निर्माण नगरी विदेश नजाने नेम्वाङको नीतिका कारण जेनेभामा सम्पन्न आईपीयू सम्मेलनमा नेपालको प्रतिनिधित्व थिएन । समितिस्तरमा विघटित संविधानसभाको अभिलेख अध्ययनको काम सकिएकाले त्यसमाथि पूर्ण बैठकमा अत्यावश्यक छलफलका गर्न मंगलरबार संविधानसभा बैठक डाकिएको छ ।

– See more at: http://www.ekantipur.com/np/2071/1/29/full-story/389020.html#sthash.S1GZiy2l.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.