Daily Archives: 12/05/2014

बिराटनगर नजाँदै प्रचण्ड र बाबुरामवीच झगडा


prachanda-and-baburam-bhatt-300x156२९ बैशाख, काठमाडौं । बिराटनगरमा राष्ट्रिय सम्मेलन सुरु हुने बेलासम्म झगडाको कुनै छेकछन्द नदेखिए पनि प्रचण्ड र बाबुरामवीच अकस्मात केले सम्बन्ध बिगार्‍यो ? यस’bout दुबैतर्फका एमाओवादी नेताहरुसँग कुराकानी गर्नेक्रममा केही गुह्य रहस्य खुलेका छन् । एमाओवादी नेताका अनुसार प्रचण्ड र बाबुराम पक्षवीच विभिन्न जिल्लामा सम्मेलनहरु सुरु भएदेखि नै आन्तरिक झगडा सुरु भएको हो । विभिन्न जिल्ला सम्मेलनहरुमा बाबुरामले आफ्नो पक्षलाई प्रचण्ड खेमाले निषेध गरेको आशंका गरे । पढ्नेक्रम जारी राख्नुहोस्

‘ठग’ सहकारी सञ्चालकलाई २० बर्ष जेल


Sudhir-basnetराज्यको सम्पूर्ण बल प्रयोग गर्ने’ सुझावसहितको प्रतिबेदन प्रधानमन्त्रीलाई बुझाइँदै
पुष्प दुलाल
२९ वैशाख काठमाडौं । सहकारी संस्थामार्फत सर्वसाधारणको निक्षेप ठगी गर्ने सञ्चालकहरुलाई २० वर्ष जेल सजायँ हुने भएको छ । सहकारी संस्थामार्फत् जनताको निक्षेप ठगी गर्ने क्रम बढेपछि सरकारले उनीहरुलाई कडा कारबाहीको तयारी गरेको हो । सरकारले गठन गरेको ‘समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोग’ले ५० करोड रुपैयाँभन्दा बढी ठगी गर्नेलाई विगो जरिवानासहित २० वर्ष जेल सजाय गर्न सिफारिस गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

काम कुरो एकातिर, सभासदजति विदेशतिर


राजेन्द्र फुयाल
image.phpकाठमाडौ, वैशाख २९ – समयसीमा सकिन ९ महिना मात्र बाँकी रहे पनि संविधान निर्माणमा अहोरात्र खटिनुपर्ने थुप्रै सभासद, महत्त्वपूर्ण समितिका सभासद र नेताहरू विदेश सयरमा छन् ।
संविधानसभाको सबैभन्दा महत्त्वपूर्ण संयन्त्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको ‘निजी भ्रमण’ देखि पार्टी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेका एमाले अध्यक्ष झलनाथ खनालसम्म गणना गर्दा ५० भन्दा बढी सभासद विदेश भ्रमणमा रहेको संसद् सचिवालय स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्