Daily Archives: 11/05/2014

बैद्यसँग एकता गर्नु शान्ति र संविधान विरोधी हैन : प्रचण्ड


prachanda-233x300२८ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्यसँग एकता गर्नका लागि शानित र संविधान बाहिर जान लागेको भन्ने हल्ला गलत भएको बताएका छन् । पार्टीको महाधिवेशनका ’boutमा जानकारी दिन पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा एक घन्टा लामो मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले बैद्य माओवादी पनि शान्ति र संविधानको विरोधी नभएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

८ प्रतिशतमै पाइन थाल्यो ऋण


गोकर्ण अवस्थी
image.phpकाठमाडौ, वैशाख २८ – वाणिज्य बैंकहरूले घरकर्जाको ब्याज ८ प्रतिशतसम्म झारेका छन् । यसले घरजग्गा किन्न चाहनेका लागि ५ वर्षपछि राहत पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमान्डु र नबिल बैंकले ८ प्रतिशत ब्याज बनाएका हुन् । स्ट्यान्डर्डले त स्थायी लेखा नम्बर (प्यान कार्ड) भएकाहरूलाई ७ दशमलव ७५ प्रतिशतमै घरकर्जा दिने भएको छ । ‘कर तिर्न प्रोत्साहनसमेत होस् भनेर प्यान कार्ड लिनेका लागि ब्याज घटाएका हौं,’ बैंकका ब्रान्ड, मार्केटिङ र कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले भने । पढ्नेक्रम जारी राख्नुहोस्