ईन्द्र भुसाल ,कुवेत
कुवेतको नेपाली समाजमा केही समय पहिला तदर्थ समिती गठन भएर हिजो प्रथम अधिवेशन सम्पन्ह गरेको लम्जुङबाशी नेपालीहरुको संस्था लम्जुङ सेवा समाज कुवेतको अध्यक्षमा हरी गुरुङ निर्बिरोध निर्वाचित हुनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/05/2014
लम्जुङ सेवा समाजको अध्यक्षमा हरी गुरुङ
Posted in नेपाल समाचार
विद्यार्थी अपहरणप्रती नेपाल सरकारको ध्यानाकर्षण
काठमाडौं-नाइजेरियाको विद्रोही समूह बोको हरामले गरेको विद्यार्थी अपहरणप्रति नेपाल सरकारले ध्यानाकर्षण भएको बताएको छ। प्रधानमन्त्री सुशील कोइरालाले आज एक विज्ञप्ती जारी गर्दै अप्रिल १४ मा नाइजेरीयाको चिवोकस्थित सरकारी कन्या माध्यमिक विद्यालयबाट छात्राहरुलाई सामूहिक अपहरण गरी करिब ३०० जनालाई अझै बन्धक बनाइ आतङ्क सिर्जना गरेको घटनाप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको जनाएका हु्न्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रचण्डले भेट्न थाले बाबुरामका मान्छे
टोपबहादुरको भाषणले ल्यायो तरंग
२७ बैशाख, काठमाडौं । बिराटनगरमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न नमानी बाहिरिएका डा. बाबुराम भट्टराई यतिबेला तिब्बतमा छन् । सम्मेलन सकिएपछि भट्टराई र प्रचण्डवीच कुनै सम्वाद हुन पाएको छैन । तर, प्रचण्डले बाबुारम विदेश गएको मौकामा भट्टराई पक्षका नेताहरुसँग भेटघाट सुरु गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार विहान आफ्नै निवास लाजिम्पाटमा नेता देवेन्द्र पौडेलसँग भेटघाट गरेका छन् । पौडेलपछि प्रचण्डले टोपबहादुर रायमाझीसँग पनि भेट गर्ने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार