नेपाली जनसंपर्क समिती कुवेतको अधिवेशन सम्पन्ह,काँग्रेस उपसभापतीबाट सम्बोधन


ईन्द्र भुसाल ,कुवेत
111नेपाली काँग्रेसको प्रबाशमा कृयाशिल हुने भात्री संगठन अन्तर्गत कुवेतमा क्रियाशिल नेपाली जनसंपर्क समिती कुवेतको प्रथम अधिवेशन हिजो फिन्तासको विवाह हलमा सम्पन्ह भयो । नेपाली काँग्रेसका केन्द्रिय उपसभापती रामचन्द्र पौडेलले दिप प्रज्वलन गरी अधिवेशनको उदघाटन गर्नु भएको कार्यक्रम संगठनका अध्यक्ष सविन राउतको सभापतित्व र सचिब माधव शर्माको सञ्चालनमा भएको थियो । 33कार्यक्रमको उदघाटन पछी एन आर एन ए अध्यक्ष धर्मराज गिरी ,क्लब अध्यक्ष जय आले र पत्रकार तोयानाथ दाहालले शुभकामना मन्तब्य दिनु भ्एको कार्यक्रममा नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु र बिभिन्न संघ सस्थाका अध्यक्ष ,पत्रकार र शुभचिन्तकको उपस्थिती रहेको थियो । आफ्नो मन्तब्य दिदै उपसभापती पौडेलले सबैले मिलेर सहकार्य र सहमतिमा काम गर्न सके देश केही बर्षमै बिकसित हुने बताउदै खाडीमा काम गर्ने नेपालीहरुको समस्या समाधानको लागि आफुले सकेको कोशीस गर्ने बताउनु भयो । पौडेलका साथमा नेपाली कांग्रेसका विदेश विभाग प्रमुख अर्जुन जोशी र युवा नेता लक्ष्मी आर्चाय पनि आउनु भएको छ । उहाँहरु आईतवार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ22
हिजो सम्पन्ह अधिवेशनले सहमतिमा दिनेश परियारको सभापतित्वमा नयाँ कार्यसमिती चयान गरेको छ । उपाध्यक्षमा राजेन्द्र विरही, मन्जित राई छन भने महामन्त्रिमा माधव शर्मा, सचिवमा अनिल ठाकुर, कोषाध्यक्षमा विष्णु परियार र सह कोषाध्यक्ष सुमित्रा पौडेल रहेका छन ।

अधिवेशनले कार्यसमिती सदस्यका लागि कमल बुढाथोकी, खीम बहादुर जीसी, शुशिला पुरी, लाल बहादुर ठकुरी, रेशम मैनाली, छबीलाल पौडेल, श्याम लामा, दिनेश श्रेष्ठ, सन्तोस चौधरी, युवराज राई, राज कुमार राई, बम बहादुर गुरुङ, प्रेम डाँगी, चिन्तामणी केसी, केशब ढुङगाना, विष्णु विष्ट र हर्क खवास रहेका छन । यसरी नै संरक्षकमा सविन राउत, कल्याण श्रेष्ठ छन । अधिवेशनले जीवन श्रेष्ठ, महेन्द्र राई मनिष, अम्बर खत्री, आरबी बुढाथोकी र रेवती भट्टराई लाई सल्लाहकारमा मनोनित गरेको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.