Daily Archives: 27/04/2014

धन्यबाद सगै तिज बिशेष कार्यक्रमको कोसेली नेपाली चेलीहरुलाई साँस्कृतिक मञ्चबाट


ईन्द्र भुसाल ,कुवेत
207614_211236992237664_3450296_nकुवेतको नेपाली समाजमा बिगत ६ बर्षदेखी बिभिन्न कार्यक्रम गर्दै नेपाली कला र गलाका धनीलाई स्टेज दिदै आएको नेपाल कुवेत साँस्कृतिक मञ्चले नयाँ बर्ष २०७१ को अबसरमा आयोजना गरेको कार्यक्रमलाई सहयोग गर्ने पत्रकार ,कलाकार ,नेपाली संघ सस्थाहरु ,मञ्चका सल्लाहाकार देखी सदस्यहरु सम्पूर्णलाई बिशेष धन्यवाद ग्यापन गर्दै नेपाली नारिहरुको महान पर्व हरीतालिका तिजमा मञ्चले अगस्त महिनाको २९ तारिक शुक्रबार तिजे बिशेष कार्यक्रम गर्ने समाचार सहित प्रबाशमा पनि नेपाली नारिहरुलाई कार्यक्रमको कोसेली दिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नैना कलाले पाईन बेस्ट इम्पोलय एवार्ड


aaखाडीमुलुकमा नेपाली नारिहरु धेरै संख्यामा घरमा काम गरेका हुन्छन जसबाट उनिहरुको आफ्नो योग्यता देखाउने मौका पाउदैनन । सबै नारी अनपड पनि छैनन तर पढेर पनि घरमा बस्नु पर्ने बाध्यता छ तर जहाँ मौका पाउछन राम्रो काम गरी पुरस्कार पाउन सक्ने पनि छन नेपाली नारिहरु । कुवेतको परिबेश्मा पनि धेरै नारी घरमा नै काम गर्दछन तर केहीले बाहिर काम गर्ने अबसर पाएका छन । बाहिर काम गर्ने मौका पाएकी नैना कला राईले ECOVERT FM KUWAIT मा काम गर्दै गर्दा बेस्ट इम्पोलय एवार्ड पाएकी हुन । नेपाल घर खोटाङ लथेयाङ गाबिस निवासी राइ उक्त कम्पनिमा करिब ४ बर्ष देखी कार्यरत छन । पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादी प्रतिनिधिले सोधे: लुटेको बैंकको पैसा र दुई किलो सुन खोइ?


कमल थापा
रुकुम- युद्धकालमा लुटेको बैंकको रकम र कब्जा गरिएको दुई किलो सुन खोई भन्दै प्रतिनिधिले प्रश्न उठाउन थालेपछि पदाधिकारी चयन नै छायाँमा पर्ने गरी एकीकृत नेकपा माओवादी रुकुमको अधिवेशन प्रभावित भएको छ। बिहीबारदेखि जारी चौथो जिल्ला अधिवेशनमा पधाधिकारी चयनमा विवाद भएको छ। कार्य समिति चयन भए पनि अध्यक्ष लगायतका पदाधिकारीमा कुरा नमिल्दा नेतृत्व चयन हुन नसकेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

माधव नेपालको स्कर्टिङ भ्यानले ठक्कर दिँदा बालिकाको मृत्यु


१४ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको स्कर्टिङ गरिरहेको गाडीको ठक्करबाट घाइते भएका बालिकाको निधन भएको छ । नेपालको स्कर्टिङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको भ्यानले तीनकुनेमा ललितपुर लुभुकी तीन बर्षीया बालिका करिष्मा मिजारलाई ठक्कर दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पद मात्र खोज्नेहरू गए हुन्छः दाहाल


imageकाठमाडौ, वैशाख १४ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पदमात्र खोज्नेहरूलाई पार्टी छाडेर जान चेतावनी दिएका छन् । राष्ट्रिय सम्मेलन हुन एक साता मात्र बाँकी रहेका बेला उनले निःस्वार्थ सेवा गर्नेहरूले मात्र देश र जनताको सेवा गर्न सक्ने उल्लेख गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।’स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिमा आफू नभई नहुने भन्नेहरू गए हुन्छ, त्यसले केही फरक पार्दैन,’ उनले एमाओवादी काठमाडौं जिल्ला सम्मेलनको शनिबार कपनमा उद्घाटन गर्दै भने, ‘अब निःस्वार्थ काम गर्नेहरूले मात्र सेवा गर्न सक्छन् । विगतमा ३५ केन्द्रीय सदस्य हँुदा सबभन्दा ठूलो पार्टी भयो, हाल २७० जना हुँदा तेस्रो बन्यो ।’ पढ्नेक्रम जारी राख्नुहोस्