संवैधानिक समितिका सभापतिहरुद्वारा शपथ ग्रहण


aaaकाठमाडौं- संविधानसभा अन्तर्गतका पाँच समितिका सभापतिले शपथ लिएका छन्। शनिबार सिंहदरवारमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले समितिका सभापतिहरुलाई शपथ खुवाएका थिए। शुक्रबार भएको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला निर्वाचित भएका थिए।

त्यसैगरी अभिलेख अध्ययन तथा निर्क्योल समितिमा एमालेका विष्णु पौडेल, क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तकी प्रमिला राणा निर्वाचित भएका थिए।

शपग्रहणपछि सभामुख सुवास नेम्वाङले एक वर्षभित्रै संविधान निर्माण हुने बताए। संवैधानिक समितिका सभापतिहरु चयन भएपछि संविधान निर्माणप्रति झनै विश्वास बढेको उनले बताए। ‘संविधान सभाका सबै काम कार्यतालिकाअनुसारै भइरहेको छ,’ उनले भने, ‘संवैधानिक समितिका सभापतिहरु चयन भएसँगै संविधान निर्माण हुने विश्वास बढेको छ।’

उनले विघटित संविधान सभाको स्वामित्व ग्रहण गरेर समितिहरु अघि बढ्ने बताए। अघिल्लो संविधान सभामा धेरै कामहरु सम्मपन्न गर्दागर्दै पनि मुख्य काम पूरा गर्न नसकेको बताउँदै नेम्वाङले अबपनि संविधान लेखनको काम पूरा गर्न नसके जनताले क्षमा नदिने बताए।

– See more at: http://nagariknews.com/main-story/story/17093#sthash.ib5vwZnF.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.