लुम्बिनी समाज नेपाल-कुबेतले भब्यरुपमा मनायो प्रथम वार्षिकउत्सब


ईन्द्र भुसाल ,कुवेत
aaaबिगत एकबर्ष देखी कुवेतको नेपाली समाजमा कृयाशिल लुम्बिनी समाज कुवेतले आफ्नो स्थापनाको प्रथम वार्षिकउत्सब हिजो शुक्रबार कबिता बाचन तथा लोकगिती एल्बम प्रदेशीको बिमोचन गरी मनाएको छ । जिलिबको हिर्दम हलमा भएको कार्यक्रम सस्थाका अध्यक्ष राजु कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई पत्रकार नबराज पन्थी र उपाध्यक्ष विनोद अधिकारीले सञ्चालन गरेका थिए । दुताबाशका प्रथम सचिब बिशाल भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दितिय सचिव अम्बिका जोशी विशेष अतिथीका रुपमा यसैगरी एनसीसी अध्यक्ष धर्मराज गिरी, मित्र सिंजाली, संरक्षक सुजन केसी, कोसेली गु्रपका अध्यक्ष राजन रिमाल, जनप्रगति शिल मन्चका अध्यक्ष ठाकुरा पौडेल, जनजाग्रित समाजका अध्यक्ष दिपक क्षेत्री, विश्व साहित्य महासँघका अध्यक्ष अमित राई, कोसेलीका प्रधान सम्पादक तोयानाथ उपेक्षित लगायत अतिथीका रुपमा कार्यक्रम सहभागी थिए ।aa कार्यक्रममा लोक गायक डोलराज न्यौपाने र माया न्यौपानेको यल्बम प्रदेशीको बिमोचन सगै कबिता बाचन् प्रतियोगिता गरिएको कार्यक्रमा बिबेक बास्कोटा प्रितमको कविता प्रथम घोषित भयो भने दितिय अर्जुन बस्नेत, तितृय प्रेम कटुवाल, सान्तवना रमेश वियोगी भएका थिए । कवि तथा गजलकार दिपक आर्चाय जलानलाई प्रतियोगितामा छुट्टै हिसावले हेर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आयोजक संस्थाले उक्त अवसरमा आफ्नै अध्यक्ष राजु कार्की र उपाध्यक्ष विनोद अधिकारीलाई समारोहमा सम्मान गरयो । महासचिब नवराज पन्थिका अनुसार दुवै पदाधिकारीले लुम्बीनी समाजको गठन, यसको उत्थान र समाजको परिचालनका निम्ति महत्वपूर्ण योगदान पुरयाएकोमा सम्मान गरेको थियो । यसरी नै सस्थाले संरक्षकहरु मित्र सिंजाली, बसन्त थापा र सुजन केसीलाई पनि दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको थियो ।a सोही समारोहमा कलमको माध्यामबाट समाज रुपान्तरणका लागि कुवेतमा रहेर महत्वपूर्ण भूमिका खेलेको भन्दै कोसेली न्युजका प्रधान सम्पादक तोयानाथ दाहाल उपेक्षितलाई पनि सम्मान गरयो । लुम्बिनी समाजले सम्मान गर्ने क्रममा दुई समाज भित्रका सदस्य दुई युवा नब कलाकारहरु खेम ठकुरी र गुप्ता नेपालीलाई समेत सम्मान गरेको थियो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.