तनहुँमा स्थानीयको आक्रमणबाट नौ प्रहरी घाइते


पूर्ण विके
तनहुँ, वैशाख १३ – तनहुँको दुलेगौडा ९ ब्राइटचोकमा स्थानीयको आक्रमणबाट एक प्रहरी सहायक निरीक्षकसहित नौ प्रहरी घाइते भएका छन् । दुई दिनअघि सडक दुर्घटनामा दुई स्थानीय युवाको मृत्यु भएपछि आक्रोशित स्थानीयको आक्रमणबाट घाइते प्रहरीको दुलेगौडा पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहायक प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहित चार हवल्दार र चार सिपाही घाइते भएको प्रहरी नायब उपरीक्षक गोपीमान श्रेष्ठले बताए ।

दुई दिन अघि स्काभेटरको ठक्करबाट स्थानीय २६ बर्षका राजन रुचाल र २२ बर्षका मिलन रुचालको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित छन् । बिहीबार तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध पारेका उनीहरुले हिजो शुक्रबार नौ घण्टा सडक ठप्प पारेका थिए ।

सडकमा निस्किएका स्थानीयले अहिले पृथ्वी राजमार्ग ठप्प पारेका छन् ।

– See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388204.html#sthash.C05DCult.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.