सांगितीक क्षेत्रमा भविश्य खोज्दै मित्रता जोडी गायकद्वय मल्ल र लोप्चन


DSCN4107घनश्याम पराजुली (कृष्ण), दोहा – सांगितीक क्षेत्रमा उदाउदै गरेका गायकद्वय बि.बी. मल्ल ठकुरी र डि.बी. लोप्चन तामाङ खाडीमा चम्किला मित्रता जोडी गायकको रुपमा आफुलाई स्थापित गर्दैछन । कलाकारीताको क्षेत्रमा मह जोडीलाई उत्कृष्ट जोडीको रुपमा चिनिन्छ त्यस्तै गायनको क्षेत्रमा यि दुई सांगितिक क्षेत्रमा गायक जोडी भएर जम्ने प्रयास गर्दैछन ।
स्याङ्गजा जिल्ला चित्रे भञ्ज्याङ ६ का बि.बी. मल्ल ठकुरी र चितवनको बछौली ३ सौराहाका डि.बी. लोप्चन तामाङ यतिखेर प्रवासमा सबैको नजरमा बस्न सफल गायक हुन । यिनीहरुको मित्रता प्रवासबाट नै शुरु भएको हो । रोजगारीको शिलशिलामा कुबेत पसेका यि दुई गायक यतिबेला कतारको कार्यक्रममा व्यस्त छन । अन्तराष्ट्रिय कलाकार समाज कतारले आयोजना गरेको एशिया स्तरीय नेपाली बृहत सांगितीक महोत्सवका लागी उनिहरु कतार आएका हुन । ठकुरीले स्कुले जिवनबाट नै सांगितिक यात्रा शुरुवात गरेका थिए भने लोप्चन प्रवासबाट उदायमान भएका गायक हुन । ठकुरी लालीगुरास सांस्कृतिक परिवार कुबेतका संस्थापक अध्यक्ष साथै लोप्चन महासचिव हुन । त्यस्तै ठकुरी अन्तराष्ट्रिय कलाकार समाज कुबेतका अध्यक्ष र लोप्चन उपाध्यक्ष बनेर प्रवासमा नेपाली संस्कृतिको उत्थानका लागी महत्वपूर्ण काम गरेका छन ।
विभिन्न विद्याका सांगितिक प्रस्तुती दिदै आएका उनिहरुले कुबेतमा मित्रता युगल साझँ गरेका थिए साथै उनिहरुका दुइ वटा एल्वम बजारमा निस्कीसकेका छन । उनिहरुको पहिलो एल्बम मित्रता हो ।
ठकुरीले गाएको प्रदेशमा भेडा चराउदै छु ले निकै तताएको थियो । उनी आफैले लेखेको उक्त गित प्रदेशमा भेडी गोठमा काम गर्ने नेपालीको यर्थाथतालाई गितमा उतारेको बताउछन । त्यस्तै लोप्चनको ढुङ्गा खोज्दा देउता मिल्यो बोलको गितले पनि प्रवासी संगितप्रेमीको मन जित्न सफल भएको थियो । ठकुरीको दोश्रो एल्बम निशाना बजारमा आईसकेको छ भने लोप्चनले कोसेली नामक एल्बम बजारमा ल्याएका छन । गतिशिल जिवनका उतारचडाव सँगै रोजगारीको शिलशिलामा विदेश पसेका उनीहरुले सांगितीक क्षेत्रलाई पनि सँगै डोराईरहेका छन । सांगितप्रतिको झुकाव ,मेहनत र लगनशिलताले गर्दा धेरै बिद्याका गायन क्षेत्रमा काम गर्ने अवसर मिलेको बताउछन । देशको गहनाको रुपमा चिनिने कलाकारहरुको जिवन दयनिय बन्दै गएको उनिहरुको बुझाई छ । कला र गला भएता पनि नेपालमा उचित अवसर नपाउदा रोजगारीका लागी विदेश हिड्नु परेको तर नेपाली संस्कृतिको जर्गेन गर्नका लागी जुन सुकै अवस्थामा रहेता पनि काम गर्नै पर्ने उनिहरुको अनुभव छ ।
हसिलो स्वभावका गायकद्वयले सांगितीक क्षेत्रमा राम्रै छलाङ्ग मार्ने अनुमान गर्न सकिन्छ । सुरीलो स्वरका धनी उनिहरुले लोकदोहोरी र आधुनिक गितमा चर्चित लोकगायिका बिष्णु माझि साथै नेपाली साकिराको रुपमा चर्चित गायिका इन्दीरा जोशीसँगै आफ्ना एल्वममा स्वर दिएका छन । समयले साथ दिएमा आफ्ना नयाँ एल्वमको म्यूजिक भिडियोलाई कतारमा छायाङ्गकन गर्ने उनिहरुको सोच छ । आफुहरुले सोचे भन्दा धेरै विकसित देखेको कतारका धेरै रमणिय स्थलहरुले उनिहरुलाई लोभ्याएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.