ईन्द्र भुसाल ,कुवेत
बिगत एक बर्षदेखी साचेको सपना आज नयाँ बर्ष २०७१ मा आएर पुरा गरेको छ कुवेतको पहिलो साँस्कृतिक सस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले । नयाँ बर्ष २०७१ को सुभ आरम्भ म्युजिक सो नाम दिएको आजको कार्यक्रममा कुवेतबाशी नेपाली दर्शक गायक प्रमोद खरेल र राधिका हमालको बेजोड प्रस्तुतीमा नाच्नु सम्म नाचे भने राधिका हमालको मिठो हासो सँग धेरै दर्शक हासे ।
निर्धारित समय भन्दा केही ढिला सुरुभएको कार्यक्रम सस्थाका अध्यक्ष टिकाराम आचार्यको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रम पत्रकार नबराज पन्थी र मञ्चका महासचिब एबम लोक गायक माधव शर्माले सयुक्त रुपमा सञ्चालन गरेका थिए । प्रमुख अतिथी नेपाली दुताबाश कुवेतका प्रथम सचिब बिशाल भट्टराई ,एन आर एन ए अध्यक्ष धर्मराज गिरी ,स्पोन्सोरका तर्फबाट यूएई एक्स्चेन्जका बजार मेनेजर रन्जित पिल्लाएले दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघ सस्थाका प्रमुखहरु ,पत्रकार देखी कलाकारहरु अतिथिको रुपमा कार्यक्रममा रहनु भएको थियो । भरिभराउ दर्शकको बिचमा अतिथी कलाकार राधिका हमाल ले करिब ८ वटा अतिनै राम्रा गीत प्रस्तुत गरिन भने लोकगितका पारखिहरु नाच्नुसम्म नाचेका थिए । मिठो हासोकी धनी उन्को हासोको नक्कल दर्शक दिर्घाबाट हुँदा माहोल निकै रमाईलो भएको थियो ।
युवा गायक प्रमोद खरेल ले दुई पटक गरेर एक दर्जन गीत नेपाली दर्सक सामु राखेका थिए । कार्यक्रममा प्रमोदको बहुचर्चित गीत तिमीबिना कसै कसैलाई मुस्किल छ पोखरामा भन्नी गीत दर्शको अनुरोध मा दुई पटक गाएका थिए । कार्यक्रमको बाँकी समाचार भोली पार्कआशन गरिने छ ।