दामोदर नेपाल,
काठमाडौं,नेपाल विश्व सहयोग संघ एनएजीसीका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुकि दिवंगत आमा डिल कुमारी खनालको सम्झनामा सो संघको नेपाल च्याप्टरले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । खनालको निधनले मातृशोकमा पर्नु भएका अध्यक्ष पनेरुलाई संसार भरीबाट शोक सन्देश प्राप्त भएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न श्रद्धाञ्जली सभामा उहांका परिवार निकट महानुभावहरु लगायत बुद्धिजीवी, पत्रकार, सङीतकार, गायक, चित्रकार, शिक्षावीद लगायत उल्लेख्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। सो श्रद्दान्जली सभामा भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै, नेपाल विश्व सहयोग संघ नेपाल च्याप्टरका अध्यक्ष दयाराम पाण्डेले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो। अध्यक्ष पाण्डेले भन्नु भयो, ‘आफ्नो अमेरीकाको व्यस्त जीवनमा पनि समाज सेवामा आफ्नो तन मन् धन् अर्पर्ण गर्ने सम्मानित समाज सेवीलाई परेको यो अपूरणीय शोक र क्षतीको घडीमा हामी सबै मर्माहत भएका छौँ। यस घडीमा हामी सबै अध्यक्ष पनेरुको दुखमा सहभागी हुँदै हार्दिक् समवेदना प्रकट गर्दछौँ।’
सो अवसरमा भावविव्हल हुँदै अध्यक्ष पनेरुले आमाको श्रद्धाञ्जली स्वरुप आफूले लेखेको कविता पाठ गर्दा उपस्थित जनसमुदायको आँखा रसाएको पर्यवेक्षकहरूले बताएका छन् । उक्त श्रद्धाञ्जली सभामा पनेरुले भन्नुभयो, आमाको महिमा बखान गरेर साध्य छैन। आफ्नो सम्पूर्ण साधन श्रोतहरू सहित् सम्पूर्ण शक्ति लगाएर पनि आमालाई बचाउन नसक्दा आफू प्रकृतिको अगाडि नीरिह भएको पीडा बोध भएको छ। आफ्नै काखबाट तानेर लगे झैँ कालले निर्ममतापूर्वक आमालाई चुँडी लाँदा म आज पूर्ण अनाथ भएको छ्, कम्जोर् भएको छू, भयभित भएको छू, मृत्युलाई नजीकबाट देखेको छु। हामी सबै पनि सोही बाटो जानपर्ने भएकोले हामी सबैले यो कटुसत्यतालाई हृदयंघम गर्दै सुकर्म गरौँ, घ्रीणाको खेती गर्न छाडेर प्रेम शान्ती र धैर्यताको खेती गरौँ भन्नुभयो ।
सो श्रद्धाञ्जली सभाको सञ्चालन नेपाल विश्व सहयोग संघका महा सचिव रमेश खड्काले गर्नु भएको थियो भने अध्यक्ष दयाराम पाण्डे, उपाधक्ष महेन्द्र बी क, सह कोषाधक्ष सिताराम भट्ट, कार्यकारी सदस्यहरू अर्जुन अधीकारी, सोमनाथ घीमीरे, सम्झना ढकाल, कैलास पनेरु लगायतको सक्रिय सहभागीता रहेको थियो । सो कार्क्रमको पूर्ण संयोजन च्याप्टर कोषाधक्ष गङ्गालाल श्रेष्ठले गर्नु भएको थियो। श्रद्दान्जली सभामा उपस्थित् महानुभावहरूलाई शोक पुस्तीका वितरण गरीएको थियो। सो पुस्तीकामा संसार भरबाट प्राप्त झन्डै ४०० शोक सन्देसहरू मध्यका सन्देशहरु, आमाप्रतिको श्रद्दान्जली कविता लगायत सन्देश पठाउने संघ सस्थाहरूका नामावली एवम् आभारपत्रहरू रहेका थिए।
पनेरुकि आमा खनालको गत चैत्र ६ गते भक्तपुरस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फोक्सोको क्यान्सर बाट पीडित खनाल ७५ वर्षको हुनुहुन्थ्यो। उहाँका ३ छोराहरू मणी नेपाली पनेरु, रामजी खनाल तथा विनोद खनाल मध्य रामजी खनाल दिवङत भैसकेका छन। उहाँकी एक छोरी धर्मकला भुसाल पेशाले शिक्षीका हुनुहुन्छ।