शरदप्रकाश धिताल
काठमाडौ, वैशाख ४ – योजना तथा अनुगमन समिति बनाउने सहमति गर्दै बुधबार राष्ट्रिय क्रिकेटर र नेपाल क्रिकेट संघ (क्यान) बीच एक साता लामो विवाद अन्त्य भएको छ ।दोस्रो दिनको वार्तापछि नेपालमा क्रिकेट खेलको विकास र विस्तारलाई योजनाबद्व रूपमा लैजानका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भयो । लामाको संयोजकत्वमा रहने समितिमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिवभन्दा माथिल्लो स्तरका प्रतिनिधि, नेपाल क्रिकेट संघका प्रतिनिधि तथा राष्ट्रिय क्रिकेटका प्रशिक्षक पुबुदु दसानायके र राष्ट्रिय टिमका कप्तान पारस खड्का सदस्य रहनेछन् ।
क्यान र खेलाडीबीचको सहमतिपछि समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्ने जानकारी दिइयो । त्यस्तै खेलाडीले क्यानसँग राखेका लिखित मागलाई यथाशीघ्र पूरा गर्ने निर्णय पनि भएको छ ।
क्यानको गतिविधिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टिमका खेलाडीले बिहीबार सिनियर वान-डे राष्ट्रिय प्रतियोगिता बहिष्कारको घोषणा गरेपछि विवाद बढेको थियो । त्यसलाई समाधान गर्न नेपाल क्रिकेट संघले शनिबार उपाध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
तर, क्यानले बनाएको टोलीसँग मात्र वार्ता नगर्ने खेलाडीको अडानका कारण राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि पनि वार्तामा सामेल भएका थिए । पहिलो दिन मंगलबारको वार्ताले ठोस निष्कर्ष निकाल्न नसकेपछि दोस्रो दिन दिउँसो ३ बजेदेखि क्यान कार्यालय बानेश्वरमा बैठक बसेको थियो ।
दोस्रो दिन करिब ७ घन्टा चलेको वार्तामा राखेप सदस्य सचिव लामाले संयोजन गरेका थिए । वार्तामा राष्ट्रिय टिमका सदस्यका साथमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शान्तिराम शर्मा, मन्त्रालयका उपसचिव रामबहादुर हमाल, राष्ट्रिय खेलकुद परिषद् संघसंस्था समन्वय विभाग प्रमुख प्रकाशचन्द्र घिमिरे, क्यान वार्ता टोली संयोजक चन्द, सदस्य ठाकुरप्रताप थापा सहभागी थिए । क्यान वार्ता टोलीका अर्का सदस्य दीपक साउद भने बैठकमा सहभागी भएनन् ।
करिब सात घन्टा चलेको बैठक चरण-चरण रूपमा सम्पन्न भएको थियो । बीचमा करिब दुई घन्टा सदस्य सचिव लामाले वार्ता टोलीका अन्य सदस्यलाई बाहिर पठाएर खेलाडीसँग एक्लै कुराकानी गरेका थिए । पहिलो दिनको वार्तामा उनी सहभागी थिएनन् ।
‘सदस्य सचिवको नेतृत्वमा समिति बनेको छ, यसले क्रिकेटमा कस्तो गर्न सकिन्छ भन्ने’bout योजना बनाउने छ, यसले क्रिकेटसम्बन्धी निर्णय गर्नेछ र त्यस अन्तर्गत रहेर क्यान बोर्डले काम गर्नेछ,’ कप्तान पारसले भने । क्यान उपाध्यक्ष चन्दले अनुगमन पनि आवश्यक रहने बताउँदै आफूले राखेको समन्वय समितिको प्रस्तावका आधारमा यो निर्माण भएको बताए ।
सदस्य सचिव लामाले यो क्यानको अर्को कमिटी नभएको जानकारी दिए । खेलाडीको मागअनुसार क्यान बोर्डभन्दा माथिको कमिटी हो वा होइन भन्ने’bout उनले स्पष्ट जवाफ दिएनन् । ‘यसले वर्तमान विवाद समाधान गर्ने मात्र होइन, योजना बनाउने, अनुगमन गर्ने र कमी कमजोरी हटाउने काम गर्छ,’ उनले भने,’सदस्य सचिवलाई जति अधिकार छ, त्यति यस समितिलाई छ ।’ उनले यो समिति अधिकारसम्पन्न भएको बताए ।
कप्तान पारसले नियम कानुनको स्पष्ट जानकारीको अभावमा क्यान कार्यसमिति विघटनको माग राखेको बताए । उनले आफूले राखेको मागको प्रक्रिया गलत रहेको धारणा राखे । ‘वर्तमान नियम, कानुनअनुसार क्यान कार्यसमितिलाई विघटन गर्ने अधिकार कसैलाई नभएकाले हामी पनि थप लचिलो बन्यौं र राखेप सदस्य सचिवको नेतृत्वमा यो समिति बनाउन तयार भयौं ।’ उनले अब राष्ट्रिय प्रतियोगितामा सहभागिता’bout यसै समितिले निर्णय गर्ने र त्यसै अनुरूप गर्ने बताए ।
क्यान उपाध्यक्ष चन्दले आफूहरू गल्ती सुधारका लागि तयार रहेको उल्लेख गर्दै लिखित रूपमै सहमति भइसकेकाले वातावरण सहज हुनेमा विश्वास व्यक्त गरे । उनले प्रमुख कार्यकारी अधिकृत र फाइनान्स म्यानेजर तुरुन्तै राख्ने’bout काम अघि बढेको जानकारी पनि दिए ।
– See more at: http://www.ekantipur.com/np/2071/1/4/full-story/387656.html#sthash.DDVVTnRp.dpuf