ईन्द्र भुसाल ,कुवेत
नेपाल कुवेत सास्कृतिक मञ्चको आठौ प्रस्तुतीमा पर्सी शुक्रबार भाग लिन नेपालबाट आएका दुई चर्चित कलाकारहरु राधिका हमाल र युवा गायक प्रमोद ख्रेरेल लाई कुवेत बिमानस्थलमा भब्य स्वागत गरियो । कुवेतनेपाल डटकम का फोटो पत्रकार यबम माउन्ट एभरेष्ट क्लब का सदस्य सुरेस गुरुङका अनुसार स्वागतको लागि मञ्चका अध्यक्ष टिकाराम आचार्यको साथमा कार्यसमितीका सदस्यहरु ,कुमार झापाली मेचीमहाकाली बचत कोशका अध्यक्ष बसन्त थापा मगर ,राना लामा ,प्रशाद तिमिल्सिना , गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत अध्यक्ष धर्मराज गिरी , सुजन केसी लालिगुराश सास्कृतिक परिवारका अध्यक्ष एबम लोक गायक राजेन्द्र बिरही ,क्लब का बरिस्ठ सदस्य ईन्द्र पोख्रेल लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघँ सस्थाका प्रतिनिधि ,पत्रकारहरु ,स्थानिय नेपाली कलाकारहरु को उपस्थिती रहेको थियो । पर्सी हुने सास्कृतिक कार्यक्रमको तयारी पुरा गरेर बसेको सास्कृतिक मञ्चले आफ्नो कार्यक्रम पूर्णरुपमा सफल पार्न सम्पूर्ण कुवेतबाशी नेपालीहरुलाई आग्र्ह गरेको छ । दिनको १ बजे सुरु हुने कार्यक्रममा चर्चित गायक प्रमोद खरेल र राधिका हमाल ले आफ्नो बेजोड प्रस्तुती दिनेछन ।