Daily Archives: 10/04/2014

आगामी शुक्रबारको साँस्कृतिक कार्यक्रमको तयारी पुरा


ईन्द्र भुसाल,कुवेत
1662002_570987933008736_7710612344815255022_nगर्मी याम सुरुहुन भन्दा अगाडि हुन लागेको नेपाल कुवेत साँस्कृतिक मञ्चको आठौ प्रस्तुती नयाँ नेपाली बर्ष २०७१ को साँस्कृतिक धमाकाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

क्रिकेट टोलीद्वारा राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा


क्यानको नेतृत्व परिवर्तन गर्न माग
parash-khadka1२७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितासहित सबै खाले प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरी  अाफूहरूका माग पूरा नभएसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता  नखेल्ने घोषणा गरेका हुन् । खड्काले नेपाली क्रिकेट संघ क्यानले आफूहरूले उठाउँदै आएका माग सम्बोधन नगरेको राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गर्न बाध्य भएको वताए । खड्काले आफूहरूका माग पूरा नभएसम्म कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेल्ने जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

वामदेवले एआइजी नियुक्त गर्न सकेनन्


प्रहरी प्रशासन र गृहमन्त्रीवीच शक्ति संघर्ष
image२७ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएको महिना दिन बितिसक्दा पनि एमाले उपाध्यक्ष वामदेव गौतमले आफू मातहत खाली रहेका अतिरिक्त प्रहरी महानिरीक्षकहरुको पदपूर्ति गर्न सकेका छैनन् । एआएजी नियुक्तिको नयाँ प्रावधान सहितको प्रहरी नियमावली मन्त्री परिषदको बैठकमा टेबल गर्ने दायित्व समेत गृहमन्त्रीले अहिलेसम्म पूरा गर्न सकेका छैनन् ।
एआइजी नियुीक्तको नयाँ प्रावधानसहितको प्रहरी नियमावली खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा टेबल भइवरि विधेयक समितिमा गइसकेको थियो । तर, त्यही बेला दोस्रो संविधानसभाको चुनाव भयो र नयाँ सरकार बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

दुई आयोग गठन गर्न विधेयक


घनश्याम खड्का, कुलचन्द्र न्यौपाने
imageकाठमाडौ, चैत्र २७ – लामो विवाद र छलफलपछि सरकारले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि दुई छुट्टाछुट्टै आयोग गठन गर्न संसद्मा विधेयक पेस गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छनबिन आयोग बनाउन बुधबार मन्त्रिपरिषद्ले विधेयक पारित गरी संसद्‌मा पेस गरेको हो । एउटै विधेयकमा दुई आयोग गठन गर्ने प्रस्ताव छ । पढ्नेक्रम जारी राख्नुहोस्