ईन्द्र भुसाल,कुवेत
माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबको बिशेष पहलमा कुवेतमा हुने अन्तरनेपाली फुटबल प्रतियोगितामा खेल्ने कुसल खेलाडीहरु समेटी बनाएको नेपाली राष्ट्रिय टिम कुवेत र छिमेकी देश श्रीलंका बिच आगामी शुक्रबार दिनको ४ बजे जाब्रियाको रोयल हायात हस्पिटल नजिक सेन्ट्रल ब्लड बैक (तमु समाज कुवेतले ब्लड डोनेसर गरेको ठाउँ)मा मैत्रिपूर्ण खेल हुने जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/04/2014
नेपाल र श्रीलंका बिच सुक्रबार ४ बजे मैत्रिपूर्ण फुटबल खेल हुँदै
Posted in खेलकूद
बुल्गेरियामा कुमारी केटी किन्ने मेला
चर्को पपसंगीत, सुन्दर किशोरीहरुको तामझामपूर्ण नृत्य, बियर र सेकुवाको स्वाद ।दर्शकदीर्घामा छन केटाकेटीका अभिाभावक । जसले आफ्नो सम्भावित बुहारी र ज्वाईंतिर आँखा लगाइरहेका छन् ।हामी चर्चा गरिरहेका छौ युरोपेली मुलुक बुल्गेरियाको जहाँ कुमारी केटी किन्ने मेला चलिरहेको छ । पहिलेपहिले गाउँमा हुने मेला यसपटक नगरको बसपार्क छेउमा सारिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
सत्य निरुपणा तथा मेलमिलाप आयोग विधेयकको विषयले सदन अवरुद्ध
सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धि विधेयक दर्ता नभएकोमा विरोध जनाउँदै एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदमा चल्न अवरोध गरेको छ। विधेयक दर्ता नगरुन्जेल संसद चल्न नदिने बताउँदै माओवादी नेता जनार्दन शर्माले बोलेलगत्तै सदन अवरुद्ध बनेको नागरिकन्युजकर्मी बलराम पाण्डेले जानकारी गराए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दामोदर शर्मा’bout संसदीय सुनुवाई विशेष समिति छलफल भएन
२६ चैत, काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका दामोदर शर्माविरुद्द परेका उजुरी’bout व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिमा आज पनि छलफल हुन सकेन । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा शर्मा विरुद्द परेका उजुरी’bout अनौपचारिक छलफल भएपनि औपचारिक प्रवेश नै नपाई बैठक विहीबार विहान ८ बजेसम्मका लागि स्थगित भएको समितिका सदस्य शेरधन राईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
४ हजार विदेशी लगानी गर्न इच्छुक
काठमाडौ, चैत्र २६ – नेपालमा लगानी गरेका र त्यसका लागि तयारी अवस्थामा रहेको विदेशीको संख्या ४ हजार नाघेको छ । उद्योग विभागका अनुसार गत माघ मसान्तसम्म ४ हजार १ सय २९ जना विदेशीले नेपालमा लगानीको प्रतिबद्धता जनाइसकेका छन् । ‘उनीहरूको प्रतिबद्धता हो । सबैले अनिवार्य रूपमा उद्योग खोलेकै छन् भन्ने हैन,’ विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले भने, ‘लगानी गरी उत्पादन वा सञ्चालनमा आउन निकै समय लाग्ने अयोजनाहरू पनि छन् । त्यसैले लगानी नगरे पनि उनीहरू नेपालमा भिसा लिएर बसिरहेका छन् ।’ राजवंशीका अनुसार उक्त तथ्यांक नेपालमा विदेशीलाई लगानी खुला गरेदेखि अहिलेसम्मको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र