नेपालको पहिलो खेल यूएईसँग


काठमाडौ, चैत्र २५ – नेपालले एसीसी पि्रमियर लिगमा पहिलो खेल यूएईसँग खेल्ने तय भएको छ । मे १ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले सिलेङ्गर टर्फ क्लबमा खेल्नेछ ।एसियाली क्रिकेट काउन्सिलले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरीयतामा रहेका टिमबीच पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित छ टिमको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।

यसअघि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले इमर्जिङ र एलिट प्रतियोगिता आयोजना गरिरहेकामा पहिलो पटक पि्रमियर लिग गर्न लागेको हो ।

नेपालले ५० ओभरको यो प्रतियोगितामा मे २ मा मलेसियाको सामना गर्नेछ भने मे ४ मा ओमान तथा मे ५ मा हङकङसँग भिड्नेछ । अन्तिम खेलमा मे ७ मा नेपाल र अफगानिस्तान भिड्नेछन् ।

सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिएका अफगानिस्तान र यूएई तथा वान-डे मान्यता पाएको हङकङसहितको एसोसिएट्स राष्ट्रबीच यो प्रतियोगिता नेपाललाई आफ्नो वर्चस्व सिद्ध गर्ने अवसर पनि हुनेछ । आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शन गरेर उत्साहित नेपाललाई ५० ओभरको प्रतियोगितामा पनि आफूलाई प्रमाणित गर्नुपर्ने छ । ट्वान्टी-ट्वान्टी विश्वकपको समूह चरणमा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । तर, न्युजिल्यान्डमा भएको आईसीसी वान-डे विश्वकप छनोटमा भने नेपालले बिर्सनलायक प्रदर्शन गरेको थियो । त्यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यूएई वान-डे विश्वकपमा छनोट भएको थियो । हङकङले भने विश्वकप छनोट तेस्रो स्थानमा टुंग्याएको थियो ।

एसियाली क्रिकेट काउन्सिलले प्रतियोगितामा अफगानिस्तान, हङकङ र यूएईबीच एकापसमा हुने खेलले वान-डे मान्यता पाउने जनाएको छ ।

– See more at: http://www.ekantipur.com/np/2070/12/25/full-story/387137.html#sthash.eOievRbs.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.