Daily Archives: 08/04/2014

द्वन्द्वकालका घटनामा आममाफी’bout विवाद बल्झियो


एमाले आयोग बनोस् भन्ने नै चाहँदैन-एमाओवादी
२५ चैत, काठमाडौं । प्रमुख तीन दलबीच द्वन्द्वकालको घटनामा आममाफीको विषयलाई लिएर विवाद भएको छ । तीन दलीय कार्यदलमा सहमति हुन नसकेपछि बुधबार संसदमा सत्य निरुपण तथा मेल मिलाप र बेपत्ता छानविन आयोगसम्वन्धी विधेयक संसदमा टेबल गर्ने तयारी प्रभावित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज राम नवमी, धुमधामका साथ मनार्इदै


२५ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ । काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको पहिलो खेल यूएईसँग


काठमाडौ, चैत्र २५ – नेपालले एसीसी पि्रमियर लिगमा पहिलो खेल यूएईसँग खेल्ने तय भएको छ । मे १ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले सिलेङ्गर टर्फ क्लबमा खेल्नेछ ।एसियाली क्रिकेट काउन्सिलले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरीयतामा रहेका टिमबीच पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित छ टिमको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

गृहमन्त्रीको गुनासो विवादमा


सुजित महत
imageकाठमाडौ, चैत्र २५ – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको भनेर सार्वजनिक सभामा गुनासो गर्नु ‘चेन अफ कमान्ड’ को सिद्धान्तविपरीत भन्दै आलोचना भएको छ ।जानकारहरूका अनुसार फौजी संगठनको ‘चेन अफ कमान्ड’को मान्यताअनुसार मन्त्रीले प्रहरी प्रमुख (आईजीपी) सँग समेत हत्पत्ति भेट्न मिल्दैन । ’cause, मन्त्रीको आदेश प्रहरी संगठन (नेपाल प्रहरी वा सशस्त्र) मा पुर्‍याउने माध्यम सचिव हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्