अशोक दाहाल
काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोग, संविधान सभामा २६ जनाको मनोनयन, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा आज बिहान हुने भनिएको तीन दलीय बैठक स्थगित भएको छ।आज बिहान ९ बजे बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको विधेयक मस्यौदा सुझावका लागि गठित तीन दलीय कार्यदल निष्कर्षमा पुगिनसकेका कारण वैठक सारिएको हो।
विधेयक मस्यौदाका लागि गठित कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक र राधेश्याम अधिकारी, नेकपा एमालेबाट प्रदीप ज्ञवाली र अग्नि खरेल तथा एनेकपा माओवादीबाट खिमलाल देवकोटा र वर्षमान पुन रहेका छन्। उनीहरु आज दिउँसो मस्यौदाका लागि छलफलमा जुट्ने बताइएको छ।
आज बिहान बस्ने भनिएको बैठकले संविधान सभा र व्यवस्थापिका संसदका विभिन्न समितिहरुमा नेतृत्व चयन गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम थियो।
– See more at: http://nagariknews.com/main-story/story/16183#sthash.hhybKPQM.dpuf
तीन दलीय बैठक स्थगित, बेलुकी ५ बजे पुन: बस्ने
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.