२६ जना मनोनयन आजभोलि नै : उपप्रधानमन्त्री सिंह


दाङ, चैत्र २३ – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधानसभालाई पूर्णता दिन २६ जनाको मनोनयन र मन्त्रीपरिषद्को विस्तारको काम आजभोलि नै हुने बताएका छन् । दाङको घोराहीमा आज बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले सरकारले मनोनयन र मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिसकेको दाबी गरे ।

उनले राजदुत र न्यायाधीश नियुक्तिलगायत संवैधानिक अंगमा पदाधिकारी नियुक्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको बताए । ‘सरकार सुस्त भएको आरोप लाग्ने गरेको छ’, स्थानीय कांग्रेस कार्यकर्तासमक्ष उनले भने,’संयुक्त सरकार भएकाले भनेजसरी सञ्चालन गर्न नसकेका हौं ।’

उनले स्थानीय निकाय निर्वाचनविरुद्ध दुई माओवादीले कार्यगत एकता गरेको बिषयमा सरकार र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको दाबी गरे । उनले सबै दललाई मिलाएर स्थानीय निकायको निर्वाचन गराउने दाबी गर्दै कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए । सिंहले आगामी बर्ष गाविसहरुलाई दिइदै आएको अनुदान रकम बृद्धि गर्ने जानकारी दिए ।

– See more at: http://www.ekantipur.com/np/2070/12/23/full-story/387020.html#sthash.NHbDEPy0.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.