सत्यनिरुण आयोगको विधेयक मस्यौदामा एमाओवादीको आपत्ति


बालुवाटारमा एमाओवादी नेताले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए

२३ चैत, काठमाडौं । सरकारले एकतर्फीरुपमा सत्य निरुपण र बेपत्ता सम्बन्धी आयोगको विधेयक बनाउन लागेको भन्दै एमाओवादी नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आपत्ति जनाएका छन् ।

maoist flagआयोगको विधेयक मस्यौदा’bout सरकारले गरिरहेको तयारीमा आपत्ति जनाउन एमाओवादीका शीर्षनेताहरु आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी लगायतका शीर्ष नेताहरुको टोली नै पुगेको थियो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजायँ) सम्बन्धी विधेयकको मस्यौदा तयार पार्न समिति गठन गरेपछि एमाओवादी नेताहरु आक्रोशित भएका हुन् । शान्ति सम्झौताको मर्म र भावनालाई बिर्सेर एकलौटीरुपमा कानून बनाउन लागिएको भन्दै एमाओवादी नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले बतायो ।

सरकारले गठन गरेको विधेयक मस्यौदा समितिमा प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यलयका सचिव राजुमानसिंह मल्ल संयोजक रहेका छन् । समितिका सदस्यहरुमा शान्ति मन्त्रालयका सचिव धनबहादुर तामाङ, कानून आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्री, कानून मन्त्रालयका सहसचिवहरु कमलशाली घिमिरे र टेकप्रसाद ढुंगाना सदस्य रहेका छन् । यो समिति एकपक्षीय रहेको एमाओवादी नेताहरुको आरोप छ । द्वन्द्वका सबै पक्षलाई समेटेर अर्को समिति बनाउन उनीहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

मन्त्रिस्तरीय निर्णयबाट बनाइएको समितिलाई तीन दिनको म्याद दिइएको छ । यसअघि सरकारले अधिवक्ता दिनेश त्रिपाठी र जनयुद्धमा माओवादीबाट मारिएका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीसमेतको सहभागितामा वियेयक मस्यौदासम्बन्धी सुझाव दिन अर्को समिति बनाएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2014/04/184850/#sthash.hitzppjd.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.