ईन्द्र प्रसाद भूषाल ,कुवेत
कुवेतमा रहेका लमजुङ्गेहरूको एकता संगठन लमजुङ् सम्पर्क समाज कुवेत नेपालको बिशेष भेला हिजो अप्रिल ४ शुक्रबारको दिन कुवेत सिटी स्थित मालिया पार्कमा हरि बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ। कुवेतमा रहेका लमजुङ्गेहरुलाई एकजुट बनाई एक आपसमा सहयोगी भावना पैदा गर्ने, प्रवासी जिवनमा आइपर्न सक्ने बिबिध समस्याहरुलाई सामुहिक छलफल मार्फत समाधानको उपायहरु अबलम्बन गर्ने, आफ्नो जिल्लाको लोक साँस्कृतिक तथा अन्य बहु-पहिचानलाई निरन्तरता दिनको लागि प्रवासबाटै भए पनि केही उदाहरणीय कार्य गर्ने अभिप्रायले केही समय अघि देखि अग्रसरता देखाएका लमजुङ्गेहरूले हिजै हरि बहादुर गुरुङको संयोजकत्वमा २५ सदस्ययी अधिबेशन तदर्थ समिति गठन गरेका छन्। कुवेतको नेपाली समाजमा नेपाली संघ संस्थाहरु बढ्ने क्रममा केहि समय देखि जातिय र क्षेत्रिय संस्था दिनानु दिन बढ्दोक्रममा रहेको छन् । यसै सिलसिलामा लमजुङ्ग सम्पर्क समाज कुवेतको पनि आगामी मे ९ शुक्रबारको दिन अधिवेशन गरिने भएको छ। हिजो सम्पन्न भेलाले कुवेतमा रहेका सम्पुर्ण लमजुङ्गेरुलाई यस समाजमा आबध्द हुनको लागि अपिल गर्दै यस प्रथम ऐतिहासिक अधिवेशन समारोहलाई भब्यताको साथ सफल बनाउन सबै लमजुङ्गेहरूमा आग्रह गरेको छ। देव भुजेलद्धरा संचालित उक्त भेलाले अधिबेशन सम्पन्न गर्नको लागि कार्य बिभाजन सहित पहिलेको समितिमा केही हेरफेर गरि निम्न अधिबेशन तदर्थ समिति गठन गरेको छ।
अधिबेशन तदर्थ समिति
१. संयोजकः हरि बहादुर गुरूङ- 66840696
२. जन सम्पर्कः बिष्णु बिष्ट 69689823
३. सांगेतिक बिभाग : द्रोणजग गुरूङ
४. सुरक्षा बिभागः अशोक गुरूङ
५. आर्थिक ब्यबस्थापकः कमल थापा 60410583
६. समिति सदस्यहरुः चक्र गुरुङ, लेख बहादुर गुरूङ, तिर्थराज गुरुङ, प्रेम बहादुर पाण्डे, नन्द घले, शान्ती भुजेल, मीन गुरुङ, कुलदिप मल्ल, भिम सापकोटा , सुबोध अधिकारी, प्रेम कार्की, जगन्नाथ अधिकारी, टिकाराम कुमाल, अमृत श्रेष्ठ, मिलन श्रेष्ठ, यम गुरूङ, प्रेम गुरूङ, सोम बहादुर भुजेल, देव भुजेल र कृष्णराज भट्ट गरि २५ सदस्यीय तदर्थ समिति गठन गरेका छन् ।