देवेन्द्र बस्नेत
दाङ- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले दलीय सहमतिका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको आवश्यक्ता नरहेको बताएका छन्। दलहरुबीच सहमति कायम गर्ने नाममा राजनीतिक संयन्त्र गठन गर्ने’bout चलाइएको बहस सान्दर्भिक नरहेको भन्दै देउवाले राजनीतिक संयन्त्र गठनमा अनावश्यक झमेला गर्न नहुने बताए। संविधान सभामा रहेको राजनीतिक सम्वाद समिति सहमतीको प्रयासका लागि पर्याप्त भएकाले फेरी उस्तै समिति बनाउनुपर्ने आवश्यक्ता नरहेको बताए।
‘संविधानसभामा सबै पार्टीका शीर्ष नेताहरु रहेको राजनीतिक संवाद समिति छ,’ देउवाले प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा भने, ‘फेरि राजनीतिक संयन्त्रको आवश्यक्ता छैन।’
यसैगरी देउवाले संविधान निर्माणका लागि कांग्रेस प्रतिबद्ध रहेको भन्दै संविधान निर्माण हुनेमा आश्वस्त पारे। संविधान निर्माणमा केहि विषयका विवाद यथावत रहेपछि ती विषयलाई समाधान गरेर निर्धारित समयमै संविधान जारी हुने देउवाको भनाइ छ।
‘केही विषयको विवाद सल्टन सकेको छैन,’ देउवाले भने, ‘सहमति जुट्न नसके मतदान प्रकृयाबाट भए पनि ती विषयलाई टुंगो लगाइन्छ, त्यसैले संविधान जसरी पनि बन्छ।’ उनले पार्टीभित्रको आन्तकिर विवाद अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाउने सवालमा आफू गम्भिर रहेको समेत बताए।
– See more at: http://nagariknews.com/main-story/story/15990#sthash.I4WJo9k1.dpuf
उच्चस्तरीय संयन्त्रको आवश्यक्ता छैन : देउवा
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.