Daily Archives: 03/04/2014

भोली ४ बजे नेपाल र बङलादेश बिच मैत्रीपूर्ण फुटबल खेल हुँदै


ईन्द्र भुसाल ,कुवेत

IMG_0048प्रबाशको बिरानो बस्तिमा जागिरे जिन्दगी बिताएपनी नेपाली संघ संस्थाहरु सँगै मौलाउदै गएको फुट्बल खेल चर्चाको बिषय भएको छ । माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबको नेत्रित्वमा भोली बेलुकी ४ बजे कुवेतमा क्लब कै पहलमा निर्माण गरिएको नेपाली रास्टिय टिम र बङलादेशको टिम बिच मैत्रिपूर्ण फुट्बल खेल हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कात्तिकभित्र संविधानको मस्यौदा लेख्ने कार्यतालिका तयार


यस्तो छ संविधान निर्माणको ‘फास्ट ट्रयाक’
२० चैत, काठमाडौं – संविधानसभा सचिवालयले आगामी कात्तिकभित्र नयाँ संविधानको मस्यौदा बनाउने गरी कार्यतालिका तयार पारेको छ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा छलफलका लागि भन्दै कार्यतालिका पेश भएको छ ।आगामी वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिको निर्वाचन गर्ने प्रस्तावमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

उच्चस्तरीय संयन्त्रको आवश्यक्ता छैन : देउवा


देवेन्द्र बस्नेत
दाङ- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले दलीय सहमतिका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको आवश्यक्ता नरहेको बताएका छन्। दलहरुबीच सहमति कायम गर्ने नाममा राजनीतिक संयन्त्र गठन गर्ने’bout चलाइएको बहस सान्दर्भिक नरहेको भन्दै देउवाले राजनीतिक संयन्त्र गठनमा अनावश्यक झमेला गर्न नहुने बताए। संविधान सभामा रहेको राजनीतिक सम्वाद समिति सहमतीको प्रयासका लागि पर्याप्त भएकाले फेरी उस्तै समिति बनाउनुपर्ने आवश्यक्ता नरहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

परीक्षाअगावै प्रश्नपत्र विद्यार्थीको हातमा !


२० चैत, सिरहा – जिल्ला शिक्षा कार्यालयले लिने जिल्लास्तरीय परीक्षाको कक्षा ८ को सबै विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र आउट भए पनि परीक्षा स्थगित गरिएको छैन । बिहीवार बिहान ११ बजेदेखि हुने अनिवार्य विज्ञान विषयको प्रश्नपत्रको फोटोकपी दुई दिनअघिदेखि नै बजारमा बिक्री भइरहेको छ । सिरहाको गोलबजार, लहान, मिर्चैया, सिरहा सदरमुकामलगायतका बजारमा १० देखि ५० रुपैयाँ सम्ममा प्रश्नपत्रको फोटोकपी बिक्री भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्ली दुतावासका दुई कर्मचारी निलम्बित


उद्धार गरिएको युवती भागेको प्रकरण
नयाँ दिल्ली, चैत्र २० – नेपाली दुतावासमा आश्रित युवतीहरु आइतबार बिहानबाट एकाएक बेपत्ता बनेपछि सुरक्षा कमजोरीको कारण जनाउँदै राति चौकिदारीमा खटिएका दुई स्थानीय कर्मचारी निलम्बनमा परेका छन् ।युवती बेपत्ता प्रकरण पछि बुधबार भएको प्रारम्भिक छानबिनमा राति १० देखि बिहान ६ बजेसम्म चौकिदार जिम्मेवारीमा खटिएका गणेश पौडेल र रघु ज्ञवालीलाई तत्कालका लागि निलम्बन गरिएको दुतावासका एक अधिकारीले बताए ।

पढ्नेक्रम जारी राख्नुहोस्