Daily Archives: 02/04/2014

तात्यो जनसंपर्क समितीको माहोल,उपसभापती रामचन्द्र पौडेल कुवेत आउँदै


ईन्द्र भुसाल ,कुवेत
375799_100890570072651_2048838869_nकुवेतमा पनि नेपाली कांग्रेसको भात्री संस्था हुनुपर्दछ भन्दै केही सहयोगीहरु लिएर नेपाली जन संपर्क समिती कुवेत गठनका सस्थापक अध्यक्ष राजु खड्का कुवेतबाट बिदा भएर नेपाल गएपनी उनले रोपेको बिरुवाको मलजल गर्दै नेपाली कांग्रेसका प्रबाशी शुभचिन्तक र समर्थकहरुले संपर्क समिती को प्रथम अधिवेश्न गर्ने भएका छन । प्रथम अधिबेशनको लागि नेपाली कांग्रेसका ३ जना केन्द्रिय नेताहरु कुबेत आउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

थप दुई लाख रोजगारी उपलब्ध गराउन मलेसिया सहमत


शरच्चन्द्र भण्डारी
काठमाडौं– मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ। नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच आज श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

एनपीएल क्रिकेट बैशाख २७ देखि हुने


पाँचबुँदे निर्णय बोर्डलाई सिफारिस
१९ चैत, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आफैले एनसेल एनपीएल क्रिकेट प्रतियोगिता आगामी बैशाख २७ गतेवाट सञ्चालन गर्ने भएको छ । सम्झौता परिमार्जन गर्न गठित समितिले प्रतियोगिताको आयोजना क्यानले गर्नु पर्ने सहितका पाँचबुँदे निर्णय क्यानको बोर्डलाई सिफारिस गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रोजगार विभागमा दलाली गर्ने दश जना पक्राउ


१९ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागमा दलाली गर्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यालय वरिपरी वसी विभागमा जाने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरीदिन्छौं भनी रकम लिनेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।पक्राउ पर्नेमा बसुन्धाराका अन्जन मोक्तान, मोरङ्ग बबियाविर्ता ३ का रोशन शिवाकोटी, आर्धाखाँची मरेङ्ग ८ का दुर्गाप्रसाद पाण्डे, दोलखा सुन्द्रावति २ का राजकुमार चिमोरिया र मकवानपुर हेटौडा- १ का सन्दिप तामाङ्ग हरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीद्वारा थापा र ठाकुरसँग परामर्श


सरकारको पूर्णता र स्थानीय निकाय’bout छलफल
काठमाडौ, चैत्र १९ – निष्क्रियता’bout अलोचना भइरहेको बेला प्रधानमन्त्री सुशिल कोइरालाले सरकारको पूर्णता र स्थानीय चुनावको सम्बन्धमा परामर्श सुरु गरेका छन् । उनले मंगलबार र बुधबार बिहान सरकारको पूर्णताको सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसंग परामर्श गरेका छन् । त्यसैगरी स्थानीय निर्वाचनको सम्बन्धमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई बुधबार बिहान भेटेर मनाउने कोशिस गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्