Daily Archives: 01/04/2014

नयाँ ठाउँमा न्यु पाल्पा एन्ड बाग्लुङको भलिबल हुँदै,जाहारा सुल्तान सेन्टर पछाडि


ईन्द्र भुसाल ,कुवेत
1379296_648130505218792_1424047832_nकुवेतको नेपाली समाजले आयोजना गर्ने लोकप्रिय खेल भलिबल प्रतियोगिताको बाक्लो ईतिहास भएको कुवेतमा केही समय पहिला आफ्नो राम्रो खेल प्रदशन गर्दै आएको नयाँ नेपाली टिम न्यु पाल्पा एण्ड बाग्लुङले जाहारा सुल्तान सेन्टरको पछाडि भब्य अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना आगामी अप्रिल ११ तारिक गर्ने भएको छ । आगामी शुक्रबार टिम दर्ता र टाईसिट बितरण हुने आयोजक मध्यका रमेश पाल्पालीले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फेरी एक नेपालीको ज्यान गयो


कुवेतनेपाल डटकम
प्रबाशको बिरानो भुमिमा अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढीरहेको समाचार आईरहेको अवस्थामा हिजो फेरी कुवेतको जासिम टास्पोर्ट कम्पनीमा चालकको रुपमा काम गर्दै आएका पुरहरी गाबिस नवलपुर दाङका बर्ष ३६ का जनक बहादुर बस्नेतको ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युनिटीको ठगी संगठित अपराध ठहर


दुर्गा दुलाल
काठमाडौं-चर्चित युनिटी प्रकरणलाई ‘संगठित अपराध’ ठहर गर्दै ललितपुर जिल्ला अदालतले त्यसका अध्यक्ष काशीराज गुरुङ र ११ सञ्चालकलाई जनही तीन वर्ष कैद र १२ करोड ७५ लाख जरिवाना तथा सोही बराबर हर्जना दामासाहीले तिराउने फैसला सुनाएको छ। विभिन्न प्रलोभन देखाउँदै डेढ लाखभन्दा बढी सर्वसाधारणबाट सदस्यताका नाममा अर्र्बाैं असुलेर ठगी गरेको अभियोगमा जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले सोमबार यस्तो फैसला सुनाएको हो। फैसलामा जनही तीन वर्ष कैद र १ करोड ६ लाख २६ हजार २ सय ७३ रुपैयाँ जरिवाना तथा सोहीबराबर हर्जना असुल गर्ने आदेश छ। पढ्नेक्रम जारी राख्नुहोस्

दूतावास आश्रयमा रहेका युवती बेपत्ता


नयाँदिल्ली, चैत्र १८ – दिल्लीको कोठीमा बुझाउन लगिएका दुई नेपाली किशोरी स्थानीय सामाजिक संघसंस्थाले उद्धार गरी नेपाली दूतावासको जिम्मा लगाएको दुई दिनमै आइतबार बिहान बेपत्ता भएका छन् । सिन्धुपाल्चोक, इचोक गाउँबाट झुक्याएर दिल्ली ल्याइएका १५/१६ वर्षीया तामाङ किशोरीलाई मञ्जुकटिलास्थित एक गेस्ट हाउसबाट शुक्रबार उद्धार गरिएको थियो । उनीहरूलाई दूतावास अधिकारीको रोहवरमा जिम्मा लगाइएको थियो ।

पढ्नेक्रम जारी राख्नुहोस्

अझै बुझाएनन् उम्मेदवारहरूले खर्च विवरण


१८ चैत, कञ्चनपुर । मतगणना सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउने प्रावधानअनुसार संविधानसभा निर्वाचन भएको पाँच महिना भइसक्दा पनि कञ्चनपुरका केही उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छ्रैनन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट भाग लिएका २९ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले अझैसम्म पनि खर्च विवरण नबुझाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

जेठमै बजेट


काठमाडौ, चैत्र १८ – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट एक महिनाअगावै सार्वजनिक गर्ने तयारी थालेको छ । विकास लक्षित पुँजीगत खर्च नहुनुमा बजेट पास गर्ने प्रक्रियामा हुने ढिलाइ मुख्य कारण देखिएपछि अर्थले जेठमै बजेट सार्वजनिक गर्ने भएको हो ।अर्थमन्त्री रामशरण महतले संसदमा पनि जेठमै बजेट ल्याउने तयारी रहेको जानकारी दिइसकेका छन् । अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख वैकुण्ठ अर्यालका अनुसार खर्च र राजस्वको सबै पक्षमा अध्ययन भइरहेको छ । ‘अहिलेसम्मको तयारीले जेठ मसान्तभित्र बजेट ल्याउन सकिन्छ,’ उनले भने ।

पढ्नेक्रम जारी राख्नुहोस्