Monthly Archives: अप्रील 2014

अर्घाखाँचीमा वस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु


गम्भीर घाइते २३ जनालाई उपचार गर्न काठमाडौं लगियो
१७ बैशाख, अर्घाखाँची । अर्घाखाँचीको नरपानी गाविस-५ जगतमा मा वस र ट्रक एकआपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये १७ जनाको सनाखत भएको छ ।सन्धिखर्कबाट बुटवल जाँदै गरेको वस र विपरित दिशाबाट आइरहेको मिनीट्रक बुधबार दिउँसो साढे १ बजे एक आपसमा ठोक्किँदा वसमा सवार १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीले अनलाइनखबरलाई बताए । दुबै सवारीसाधन ठोक्किएपछि सडकबाट करिब २ सय मिटर तल खसेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

केपी ओलीलाई उपचारका लागि बैंकक लगिँदै


ज्ञानेन्द्र खड्का
Kp-oli-300x204१७ बैशाख, काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट थाईल्यान्डको बैंकक लगिने भएको छ । लगातार बान्ता भएर अस्वस्थ भएपछि आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका नेता ओलीलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंककको बुमरुनगार्ड अस्पतालमा लान लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ कुवेतले ०७ नोभेम्बरमा साँस्कृतिक धमाका ल्याउने


शिवराम पौडेल, कुवेत

kirat yakthung bannerकुवेतमा सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था किरात याक्थुङ चुम्लुङ्ले आगामी ०७ नोभेम्बर २०१४ शुक्रबारका दिन आफ्नो पहिलो सांगितिक कार्यक्रम प्रस्तुत गर्ने भएको । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फेरी अर्को एक नेपालीको मृत्‍यु


ईन्द्र भुसाल ,कुवेत
mmप्रबाशमा गएर आफ्नो जिन्दगीका बिभिन्न सपना पुरा गरौला भनी दैनिक एकहजार भन्दा बढी नेपालीहरु विश्वका बिभिन्न मुलुकमा रोजगारिको लागि जाने गर्दछन । जाने क्रम अत्यधिक रहेको हाम्रो देशमा बिगत केही बर्षदेखी बिदेसमै ज्यान गुमाउने नेपालीहरुको सख्या पनि बढेर गएको छ । खाडी मुलुकमा कार्यरत नेपालीहरुको मृत्‍युदर धेरै रहेको परिबेशमा फेरी कुवेतमा एक नेपालीको अचानक मृत्‍यु भएको जानकारी आएको छ । स्याङ्जा जिल्ला घर भएका गोबिन्द थापा काम गर्दा गर्दै अकस्मात बेहोस भएपछी तुरुन्तै मृत्‍यु भएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पानीमा डुबेर ज्यान गुमाएका परिवार


पुरु जोशी
55यहि अप्रील १६ का दिन दक्षिण कोरियाको ईन्छनबाट जेजु टापुतिर जाँदै गरेको पानी जहाज बीच समुन्द्रमा दुर्घटना भई हालसम्म १८७ जनाको मृत्यु भैसकेको छ भने ११५ जनाको स्थिती अझै अज्ञात रहेको छ । दुर्घटना भएको १० दिन बितिसक्दा पनि हालसम्म हराईरहेका १ सय भन्दा बढीलाई निकाल्न सकिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

NRN कोरियाका अध्यक्ष र परराष्ट्र मन्त्री महेन्द्र पाण्डे सँग भेट बार्ता


रघु त्रिपाठी

444एनआरएन लगानी सम्वन्धी केद्रिय समिमिको वोर्ड बैठकमा भाग लिन नेपाल आउनु भएका एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवँरले परराष्ट्र मन्त्री महेन्द्र पाण्डे सँग भेट बार्ता गर्नुभएको छ ।भेटमा कुवँरले एनआरएनको नेपाली अभियान, शुरक्षित लगानीको बातावरण, लगायत कोरियामा रहेका श्रमिकहरुको समस्या र नेपाली दूतावासको भूमिका बिषयमा तत्कालै गर्नुपर्ने काम र नीतिगत सुधार’bout जानकारी गराउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्