काठमाडौं – आज बसेको संवैधानिक परिषदले बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा दामोदरप्रसाद शर्माको नाम सिफारिस गरेकाे छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यबाहक प्रधान न्यायाधीश रहेका शर्माको नाम सिफारिस गरेको बैठकपछि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मार्च 2014
अब राजधानीका सडक रातभर झलमल्ल
१७ चैत, काठमाडौं – रातको समयमा लोडसेडिङले अँध्यारो हुने काठमाडौं अबदेखि झलमल्ल हुने भएको छ । काठमडाौं महानगरपालिकाले सडकमा सोलार बत्ती जडान गर्न थालेकाले सहर झलमल्ल हुने भएको हो । चीनको ल्हासा नगरपालिकाले निःशुल्क सोला बत्ती प्रदान गरेपछि महानगरपालिकाले सडकमा धमाधम सोला बत्ती राख्न थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
क्रिकेटरलाई तलब दिइने
राजु घिसिङ
‘सेन्ट्रल कन्ट्रयाक’ बाट मासिक २० देखि ४० हजार
काठमाडौं, चैत्र १७ – विश्वकप खेलेर फर्केको साता नबित्दै राष्ट्रिय क्रिकेटरहरूले अब सामान्य जागिरको चिन्ता लिनुनपर्ने भएको छ । प्रशिक्षक पुबुदु दसानायकेको प्रस्तावअनुसार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनीहरूलाई मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिन तयार भएको छ । प्रशिक्षक पुबुदुले बुधबार पारिवारिक बिदामा क्यानडा जानुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुरेलसमक्ष खेलाडीलाई नियमित तलब दिनुपर्नेलगायत क्रिकेट विकासका दुईवर्षे कार्यक्रम प्रस्ताव गरेका थिए । ‘त्यही प्रस्तावअनुसार खेलाडीलाई क्षमताअनुसार तीन समूहमा वर्गीकरण गरेर मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिनेछौं,’ आङबुहाङले भने, ‘यति तलब भएपछि राम्रा खेलाडीले जागिरको चिन्ता लिनुपर्दैन ।’
Posted in खेलकूद
मुलुक छिट्टै प्रगतिको दिशामा लम्किँदैछ : प्रधानमन्त्री
नेपालगन्ज- प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र आर्थिकरुपले कमजोर भएकाले विकासमा सबैको हातेमालो जरुरी रहेको बताएका छन्। गृहनगर आएका कोइरालाले नेपाल प्रेस युनियन बाँकेले आइतबार गरेको पत्रकार भेटघाटमा शान्ति, स्थायित्व र विकासका गतिविधिमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे। ‘पत्रकार साथीहरुलाई म बिनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘तपाईँहरुले नकारात्मक कुराभन्दा पनि शान्ति, स्थायित्व र विकासलाई आफ्नो सञ्चारमाध्यममा ल्याइदिनुस्।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सिस्नेरीमा ट्याक्सी दुर्घटना, ६ जनाको मृत्यु
१६ चैत, मकवानपुर । मकवानपुरको सिस्नेरीमा भएको ट्याक्सी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट विराटनगरका लागि हिँडेको ट्याक्सी दुर्घटना हुँदा मोरङ केतरीयाका ३५ वर्षका दुर्गा पौडेल, ११ वर्षका प्रज्वल पौडेल, ३ वर्षकी बालिका प्राञ्जली पौडेल छन् । त्यस्तै दैलेख घर भई हाल मातातिर्थ बस्दै आएकी २६ वर्षकी कुसुम विष्ट, १० वर्षका बालक प्रज्वल विष्ट र नाम नखुलेका एक नाबालक रहेको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
दोहोरी गायिका मञ्जुको शव परिवारले बुझेनन्
१६ चैत, काठमाडौं । सवारी दुर्घटनामा परी ज्यान गुमाएकी लोकदोहोरी गायिका मञ्जु महतको शव परिवारले बुझेका छैन् । महतलाई ठक्करदिने माइक्रोबसले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नबुझ्ने परिवारको अडान छ । समस्या समाधान गर्न शनिबार अबेरसम्म वार्ता गरिएपनि कुनै सहमति भएको छैन् । माइक्रोबस व्यवसायी समितिबाट गएको प्रतिनिधि मण्डलले पीडित परिवारका माग सम्बोधन गर्ने विषयमा आलटाल गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार