प्रबासमा उदायका नेपाली संगितका २ हस्ती बिबी र डिबी


जय आले, कुवेत

photo०७ जनवरी २०१४ । “मित्रता जोडी” लोक गायक बि.बी. मल्ल ठकुरी र डि.बी. लोप्चन तामाङ संगितप्रेमी नेपालीहरुको लागि नौलो नाम रहेन । मित्रता गायक द्वयको नयाँ एल्बम “निशाना मेरो” र “कोशिस” आगामी २४ जनवरी २०१४ शुक्रबारका दिन कुवेतमा एकैचोटी बिमोचन हुँदैछ । जिलिव अल-शुवैखको रिदम हलमा बिमोचन हुन गैरहेको एल्बमको बिषयलाई लिएर कुवेतनेपाल डट कमले गायक द्वयको व्यक्तिगत जीबनमा झाँकेर हेर्ने प्रयास गर्दै वहाँहरुको जीबनी दर्शक सामु प्रस्तुत गर्ने जमर्को गरेको छ ।

– लोक गायक बि.बी. मल्ल ठकुरी
bb malla thakuri“संगीत जीवन हो” संगीतले धेरैको जीवन मृत्युबाट जोगिएको छ र प्रबासमा संगीत बाँच्नको लागि साहारा बनेको छ भन्ने मान्यता लिएका लोक तथा दोहोरी गायक बि.बी. मल्ल ठकुरी स्याङ्जा जिल्लाको चित्रे भञ्ज्याङ गा.बि.स वार्ड न ६, राम्चे मल्ल चोकमा २०३९ साल बैशाख ७ गते जन्मनु भएको हो । मल्लले आफ्नो सांगीतिक यात्रा आफु पढ्ने स्कूल श्री मातृभूमि उच्च मा.बि कक्षा ६ मा पढ्दा देखि नै शुरुवात गर्नु भएको हो । स्कूले जीवनमा स्कूलको बार्षिक उत्सबमा राखिने दोहोरी लगायत अन्य सांगितिक प्रतियोगिताहरुमा प्रथम पुरस्कार जित्न सफल भएपछी वहाँलाई संगित यात्रामा थप उर्जा मिलेको थियो । सोही बेलादेखि नै संगीतलाई पछ्याई रहेका मल्लको संगीत प्रतिको झुकाव, मिहिनेत र लगनशीलताले गर्दा हरेक विधाका सांगितिक क्षेत्रमा वहाँ सफल भईसक्नु भएको छ । आफ्नो सांगितिक यात्रामा अनेकन आरोह अवरोहहरु झेल्नु परे पनि वहाँले आफ्नो यात्रालाई निरन्तरता दिंदै आएको र समय र परिस्थितिवश बैदेशिक रोजगारिको शिलशिलामा मातृभूमी छाडेर मरुभूमिमा जीबन यापन गर्नु परे पनि आफुमा भएको कला र गलालाई वहाँले कहिल्यै मर्न दिनु भएन । जागिरे जीबनको सिमित समयमा पनि वहाँले संगीत क्षेत्रलाई भुल्न नसकेर प्रबासमै भए पनि हरेक कार्यक्रमहरुमा वहाँले आफ्नो कला र गलालाई श्रोता तथा दर्शक माझ निरन्तर रुपमा पस्कंदै आउनु भयो । लोक गायक बि.बि मल्ल ठकुरी लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतका संस्थापक अध्यक्ष पनि हुनु हुन्छ । आफ्नो ३ बर्षे शानदार कार्यकालमा लालीगुराँस सांस्कृतिक परिवारलाई नेपाल सरकार समक्ष दर्ता समेत गराउन सफल भएका गायकले कुवेतमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा अत्यन्तै मिठासपूर्ण आफ्ना प्रस्तुतिहरु दिएर संगितप्रेमी प्रबासी नेपाली दर्शकहरुलाई हर किसिमको मनोरञ्जन दिई सबैलाई नेपालमै भएको आभाष दिलाईसक्नु भएको छ ।

आफ्नो संगित प्रतिको लगाव र इमान्दारीताले गर्दा वहाँ विश्वभर सञ्जाल फैलाई सकेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवेत शाखाको अध्यक्ष समेत बन्न सफल हुनु भएको छ भने लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको वहाँ वर्तमान संरक्षक रहनु भएको छ । कुवेतनेपाल डट कम सँग कुरा गर्दै, गायक मल्लले आफुलाई संगीत क्षेत्रमा आगाडी बढ्नका लागि आफ्नै मितज्यू बरिष्ठ संगीतकार तथा गायक बि.बि. अनुरागी र लालीगुराँस साँस्कृतिक परिवारका वर्तमान अध्यक्ष तथा चर्चित लोक गायक राजेन्द्र बिरहीलाई प्रेणा मान्ने र वहाँहरुले दिनु भएको माया र हौसलालाई जीवान्त नभुल्ने बताउनु हुन्छ । आफु प्रस्तुतिका लागि स्टेज चढ्दा दर्शकहरुको वाह वाह र ताली बर्सिनुले पनि आफुमा थप उमङ्ग भरेको वहाँले खुलाउनु भयो ।

गायक मल्लको पहिलो लोक दोहोरी एल्बम “मित्रता” रहेको छ । जुन एल्बमको पहिलो लोक दोहोरी गितमा चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माँझीको साथमा आफ्नै शब्द लय तथा स्वरमा सजिएको “मख्खै परे म, औला टोकी शर्माउदै आउदै छिन् लट्ठै परें म” बोलको गितले सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपालीहरुको मन जितेर सर्बत्र चर्चित भएपश्चात गायक बि.बि मल्ल र साथमा अर्का चर्चित गायक डि.बि लोप्चन तामाङले कुवेतमा साथमा अत्यन्तै भव्य रुपमा “मित्रता युगल साँझ” सम्पन्न गरेर अझै चर्चा कमाएका थिए । हाल वहाँको नयाँ एल्बम “निशाना मेरो” बजारमा आउने संघारमा रहेको छ । जुन एल्बममा विभिन्न किसिमका गितहरु समाबेश गरिएका छन् उक्त एल्बममा गायक बि.बि मल्ल ठकुरीको अत्यन्तै राम्रो प्रतिभा प्रस्तुति रहेको छ । आफ्नो नयाँ एल्बममा श्रोताहरुको चाहनालाई मध्यनजर राख्दै विभिन्न विधामा आफ्नो सुमधुर स्वर पस्केका गायक मल्लले एकल गीत “बस्दैछु भेंडा चराउँदै” मा मरुभूमिमा आएर भेडा चराउन बाध्य भएका नेपाली दाजुभाइहरुको बास्तबिक घटनालाई लिएर गायक आफै मरुभूमिका भेडा चराउने स्थानमा पुगी शब्द तथा संगीत सिर्जना गरेर आफ्नै शब्द संगीत र स्वरमा “बस्दै छु भेडा चराउदै, परदेशमा रुँदैछु म छोरा सम्झदै बस्छु टोलाउँदै” भन्ने गित प्रस्तुत गर्नु भएको छ । जुन गीतको रिकर्डिङमा स्वयं आफ्नो आँखाबाट आँशु बगेकाले धेरै श्रोताहरुको आँखामा पनि आँशु रसाउनेमा वहाँ विश्वस्त हुनु हुन्छ । यस्तै, वहाँको अर्को गीत चर्चित लोक पप गायक अर्जुन कौशलको शब्द र संगीतमा कृष्ण बि.कको व्यवस्थापनमा बनेको “सोल्टिनी तिम्रो गालैमा लाली चढेछ” बोलको गित हो जुन गीतले अहिलेका युवा पुस्ताको पक्कै पनि मन जित्नेछ भनेर गायक मल्लले दाबी समेत गर्नु हुन्छ ।

– लोक गायक डि.बी. लोप्चन तामाङ
db lopchan 1यस्तै, नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका अर्को चर्चित नाम हो डि.बी. लोप्चन तामाङ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवैतका उपाध्यक्ष र लालीगुराँस साँस्कृतिक परिवारका महासचिव रहेका तामाङले आफुलाई एक कुशल लोक गायकको रुपमा स्थापित गरिसक्नु भएको छ । वहाँको नयाँ एल्बम “कोशिस” दोश्रो एल्बम हो । सानैदेखी गीत संगितमा रुची राख्ने र परेको खण्डमा गाएर सबैको मन जित्न सक्ने लोक गायक लोप्चन चितवन जिल्लाको बछौली-३, सौराहा लौखानीमा बाबा शेर बहादुर लोप्चन र आमा साईली लोप्चन तामाङ्को कोखबाट २०३९ श्रावण ०४ गते जन्मनु भएको हो ।

आई.कम. सम्मको शैक्षिक योग्यता भएका मिलनसार स्वभावका गायक लोप्चनको बाल्यकाल देखी नै संगीत प्रतिको झुकाव र मिहिनेतले नै आज वहाँ एक सफल लोक गायक बनिसक्नु भएको छ । मुलुकको बिग्रंदो राजनैतिक उतार चढाव र रोजगारिको समस्याले गर्दा मातृभूमी छाडेर १० बर्ष पहिले मरुभूमिको देश कुवेत छिरेका लोप्चनले प्रबासमा आएर पनि आफुमा भएको कला र गलाको मुल्यलाई कहिल्यै मर्न दिनु भएन । खाडीको जागिरे जीबन र सिमित समयको बावजुत वहाँले आफ्नो कला र गलालाई हरेक स्टेज कार्यक्रम मार्फत दर्शकहरु माझ पस्केर सबैको मनमा बस्न सफल हुनु भएको छ । चर्चित लोक गायक बि.बि मल्ल ठकुरी सँग युगल साँझ कुवेतमा प्रस्तुत गरेर थप चर्चामा आएका तामाङ सन् २०१० देखी प्रत्यक्ष रुपमा सागितिक क्षेत्रमा आवद्द भएको बताउनु हुन्छ । वहाँको पहिलो एल्बम “मित्रता” बजारमा आईसकेको छ । नेपाल तामाङ घेदुङ कुवेतका कलाकार संयोजक समेत रहेका गायक लोप्चनले म्युजिक भिडियोहरुमा मोडलिङ समेत गरिसक्नु भएको छ भने वहाँ एक गीतकार पनि हुनु हुन्छ ।

Advertisements

One response to “प्रबासमा उदायका नेपाली संगितका २ हस्ती बिबी र डिबी

  1. Dipak Thapa (if u like to call me 99269957)

    Last time Raju Lama ko concert ma gayeko, no picture no gufgaff…… Huh😡😡😡😡😡😡

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.