दूतावास जान यातायातको व्यवस्था NCC कुवेत र अन्य संस्थाले गर्ने


जय आले, कुवेत

Health-check-imageनेपाली राजदुतावास कुवेतको पहलमा भोली ३ जनवरी २०१४ मा सञ्चालन हुन गैरहेको नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य जाँच गराउन इच्छुक कुवेतवासी नेपालीहरुको लागि दुतावाससम्म जान र फर्कनको लागि गैर-आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद, कुवेत र कुवेतमा कृयाशिल रहेका अन्य केही संस्थाले फ्री ट्रान्सपोर्टेशनको व्यवस्था गर्ने भएका छन ।

एनसिसी कुवेतले कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आ-आफ्नो ठाउँबाट दुताबाससम्म स्वास्थ्य जाँच गराउन र जाँच गराई सकेपश्चात सोही ठाउँसम्म लगेर छाड्ने काम आफ्नो रोहबरमा गरिने बताउँदै जुनसुकै इच्छुक महानुभावहरुलाई एक ठाउँमा कम्तिमा १० जनाको ग्रुप बनाएर बस्न अनुरोध गरेको छ । यसो गर्दा सबैलाई उठाउन र छोड्न सजिलो र समयको बचत हुने जनाउँदै सबैलाई यो अवसरको फाईदा उठाउन अनुरोध गरेको छ । स्वास्थ्य परिक्षण पश्चात औषधी आवश्यकता अनुसार कुवेतको हेल्थ मिनिस्ट्रीबाट नि:शुल्क प्रदान गरिने भएकोले रोगी या निरोगी जो-कोहिले पनि दुतावास जाऔं र स्वास्थ्य जाँच गराऔं भन्ने अभियानमा एनसिसी कुवेत डटेर लागेको छ ।

बसको लाग्ने जिलिप, हसाबिया र अब्बासियाबाट;
व्यवस्थापन : किरात याक्थुङ चुम्लुङ कुवेत, खोटाङ सम्पर्क समाज कुवेत, नेपालकुवेत साँस्कृतिक मञ्च

अन्य सबै रुटमा आवश्यकता अनुसार;
गैर-आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हेर्ने छ ।

बसको लागि संपर्क नम्बरहरु;
९९२६६३१४, ६६९८३१३८, ६६०६८९२५, ५५८४५३३७, ९७७२९३९०, ९९१८८३७०, ६६१९६१०७, ५०४३७४४८

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.