“टुक्रिएको प्रेम” कथा


लेखक-प्रेम कटवाल “जिजीविषा”
pramशिलु”आज म निराश छु, मेरा चेहराका हरेक नशा नशामा आत्माग्लानीका रेशाहरु बहिरहेका छन, लाचार भएको छु। खै कसरी भनौ? जब तिम्रो सामू ओठ खोल्न खोज्छु अनायसै बडेमानको पहाडले थिचेको आभाष हुँन्छ र धरातल भासिएर तल गहिराई सम्म पुग्छ। बिबश छु परिस्थिति सँग घुँडा टेक्न। मेरो आफ्नै प्राण र धड्कन आफै लिलाम गर्दै, बाध्य छु आत्मा बिहिन यो भौतिक शरीर लिएर बाँच्न। म यसैगरी एकोहोरो बेसुरमा फत्फताईरहेको थिँए शीलुका गहभरी मोती दानाहरु टिलपिल टिलपिल भरिएका थिए। सायद मेरा अब्यक्त भावहरुनै उनका लागि ईसारा बनिरहेका थिए। सूर्यले पश्चिमको क्षितिज क्रमश: चुम्दै चुम्दै गैरहेको थियो। किराहरुको एकोहोरो किरिरी आवाजले मनमा एक किसिमको डर, त्रास र भयको श्रृजना गरिरहेको थियो। पौष माघको साँझ मन्द मन्द चिसो हावाले हामी दुबैलाई चुमीरहेको थियो। शरीर लुग लुग एकतमासले कापीरहेको थियो र निरासपनको भाव झल्किरहेको थियो।

भने हुन्छ नि ‘दीपु’ मलिन मुहार पार्दै सामिप्यता बढाईन र आँशुका ढिक्का टप्लक्क खसाउदै भनिन-भन दिपु आखिर कतिंजेल यसरी तड्पाएर मनका भावनाहरु मनमै कुण्ठाएर राख्छौ? तिमीले नै भनेको हैन कुनै पनि कुरा गुम्स्याएर साँचेर राख्यो भने बताउनलाई भोलि फेरी नआँउन सक्छ अनि मन मिल्ने मान्छेलाई दु:ख बाड्यो भने दु:ख घट्छ भनेर। फेरि तिम्रो म भन्दा नजिकको को नै छ र यो दुनियामा? रुन्चे स्वरमा जतिजति उनका आवाजहरु पोखिँदै जान्थे उति उति मेरो मन डर र त्रासको भयले मन्द मन्द घोच्दै जान्थ्यो अनि आफ्नोपनको बोध नजिक भएर आँउथ्यो।….. धेरैबेरको मौनता पछि फेरी थपिन्- कि कतै हाम्रो माँयामा….?? भन्दै मुन्टो तल तिर झुकाईन रोकिय उनका शब्दहरु गला अबरुद्ध भयो उनको,सायद उनमा पनि एक किसिमको शंका र भयले गाँजिसकेको हुँदो हो। बिस्तारै उनको मून्टो सम्हालेर मेरो काखमा राखेँ।सिरसिर हावा सँगै उनका लामा लामा केशरासीहरु तछाडमछाड गर्दै सल्बलाई रहेका थिए गन्तव्य बिहिन यात्रामा यत्रतत्र ……… ‘आंफूलाई सम्हाल शिलु’ सन्सार हाम्रो हैन, हामी मानिस समय र परिस्थितिको दास हौं जस्तो सुकै परिस्थिति सहेर बाँच्न सक्नु हाम्रो मजबुरी हो सम्झाउदै थिए म।…रात आफ्नै गतिमा सलल बगेर छिप्पिदै छिप्पिदै गईरहेको थियो। पारी गाँउका कुकुरहरु घ्वांग घ्वांग आवाज़ सँगै बफादारीपूर्वक घरको पहरा दिइरहेका थिए। आज बाध्यता र बिबशताले निम्त़्ाएको मेरो अन्तिम निर्णय शिलुलाई सुनाउनु नै थियो भित्रै बाट साहस जुटाएर मैले कापेको स्वरमा भनें– शिलु मलाई माफ गरिदेउ म चाहेर पनि यो जुनिमा तिम्रो भएर रमाँउन सकिन। हाम्रो बि…..हे अब सम्भव छैन। दुबैमा धैर्यताको बाँध फुट्यो अचानक बेचैयनिको सन्नाटा छायो। फेरी आफैंले आफैलाई सम्हाल्यौ दुबैले। मैले त भनेकै थिँए नि ‘दिपु’ तिम्रो लागि म योग्य छैन तिम्रो हरेक दु:खमा साथ दिए पनि तिम्रो खुशीमा रम्ने र रमाँउने अधिकार मलाई यो समाजले दिदैन। म एक ग़रीब, दलित र पिछडिएकी परिवारकी छोरी तिमी संग सम्बन्ध गास्न खोज्नु त्यँहा भन्दा ठूलो भूल मेरो जिबनमा के हुन सक्छ? भन्दै आफैलाई धिक्कार्दै थिईन उनि। ‘शीलु’ चाहेर पनि नपाउनु यो प्रकृतीको दोष हो। मलाई राम्ररी थाहा छ तिमी दलित हौ तर तिमीमा त्यस्तो के छैन जुन उच् खान्दानी नारीमा छ? भन शिलु के कुराको कमि छ तिमीमा? नचाहेर पनि बाँच्नु पर्ने बाध्यता हुदोरहेछ। जन्म सँगै मृत्यु संगको सम्झौता पूरा नभै चाहेर पनि प्राण फाल्न सम्भव रहेनछ सम्झाउदै भनें । ‘दिपु’ मेरो कारण अब यो दुष्ट समाजमा तिम्रो जिबनमा कुनै आँच आउने छैन यो समाजलाई मैले पनि राम्ररी बुझेकी छु। अब यी सबै हाम्रा प्रेमकहानीहरु तिमीले पनि भुल्नु पर्छ। तिम्रो आफ्नै छुट्टै संसारमा रमाएर जुगौ जुग बाँच्नु पर्छ यसमा मेरो पनि मन रमाउने छ। म कदापी तिम्रो खुशी खोस्न आउने छैन न्यानो श्पर्श सँगै भनिन। शिलु तिमी कति महान छेउ है भन्दै उनको गालामा श्पर्श गर्दै रुन्चे हाँसो हाँसीदिएँ। रातको पहर छिप्पी सकेको थियो पहाड़ी गाँउका ग़रीब बस्तिहरुमा पनि मौनता छाईरहेको थियो बिस्तारै बिस्तारै भारी पाईलाहरु अगाडि बढायौ दुबैले सदा झै शिलुको आँगन सम्म पुर्याँउन गएँ दलानको डील टेक्नु पूर्व़ै पछाडि फर्केर ईसारामै बिदाईका हातहरु हल्लाईन अनि स्वीकार्दै लागें आफ्नै बासस्थान तिर।

माघ मैनाको जाडो बिहानको करिब ८:०० बजिसक्दा पनि सूर्यका कीरणहरुले आफ्नो प्रभुत्व जमाईसकेका थिएनन्।आँगनभरी मानिसहरु सल्बलाई रहेका थिए ।घरबाट टाढा हिडेर जन्ति जानु पर्ने भएकोले करिब ९:०० बजे तिरै सबै आफन्त ईष्टमित्र, कुल-कुटुम्ब, साथीभाई जम्मा भैसेका थिए। यति ठूलो भिडमा कता कता के के को कमि भएको महशुस गरिरहेको थिएँ मैले। ‘शिलु’जे जस्तो भए पनि मेरो बिहेमा त आउ ल? भनेर निम्तो थमाँउदा – दिपु, अवश्य आँउछु नि ितम्रो खुशी नै मेरो खुशी त हो नि हैन र? भन्दै उहि पुरानै मन्द मुश्कान झल्किरह्यो नयनभरी, नभन्दै त्यही भीडबाट हस्यांग फस्यांग गर्दै समीपमा आएर “”दिपु बेश्ट अप् लक्, मे गड् ब्लेस यू” भनीन्। खुशीको सीमा रहेन मनमा अलग किसिमको उर्जा मिल्यो। जिबनले यात्रा मोडिसकेको थियो। अब परिवारमा अलग्गै ज़िम्मेवारी बोझ काँधमा थपिएको थियो। घर परिवारमा बेग्लै किसिमको खुशी र आनन्द छाएको थियो। परिवारको एक्लो छोरो त्यसमा पनि बाबा आमाको हेराई र रोजाईको बुहारी भित्र्याँउन पाँउदा संसारका ती भाग्यमानी बाबा आमाको खुशी मिलेको थियो मेरा बाबाआमामा पनि। बेग्लै संसारमा रमाईरहेको थियो हाम्रो सानों परिवार ।

बिहेको पर्सी पल्ट सबेरै गाँउभरि हल्ली खल्ली भयो। शिलु घरमा छैनन् रे बिहान ओछ्यानमा हेर्दा भेटिइनन् रे यस्तै आवाजहरु गावैभरि गुन्जिरहेका थिए। एक्कासी आंग सररर फुलेर आयो शिलु एउटी असल चरित्र भएकी नारी हुन् अहँ यो हुन सक्दैन। फेरी जुटियो सबै मिलेर शिलुको खोजिमा । आखिर शिलु भेटिईन् तर मृत अवस्थामा। भिड एकाएक बिलाप र रोदनमा परिणत भयो मृत्युको रहस्य बुझ्नमा सबै आतुर थिए। भिड मध्यको एउटा दोषी म आफै भएको महशुस भैरहेको थियो। भित्र भित्रै आफैलाई धिक्कारे कतै हाम्रै प्रेम शिलुको गलाको पासो त बनेको हैन?? आफ्नो घाँटीआँफै दबाउ झै भयो। शिलुले पनि पूर्ण सहमति जनाएकी थिन मेरो बिहेको लागि यस्तै यस्तै सोच्दै थिए। शिलुले जिबनको अन्तिम घडीमा एउटा नोट यसरी लेखेकी थिइन:- ‘दिपु’ मेरो संसारको सबै भन्दा ठूलो खुशी तिमी नै थियौ, मैले हरेक पल्ट आफू मरेर तिमीलाई बचाएकी पनि थिएँ। मैले यो निर्णय पहिले नै गरिसकेकी थिएँ जुन दिन तिमीले हाम्रो प्रेमको अन्त्य भएको घोषणा तिम्रै मूखबाट सुनाएका थियौ। तिम्रो खुशी देख्नु थियो। मेरो यो मृत्युमा आँशु नझार्नु ल? असल दाम्पत्य जिबनको उदाहरण दिँदै यो उच् निच्, जातभात धर्म र छुवाछुतको भेदभावमा जगल्टिएको यो दुष्ट समाजको संकुचित भावनालाई डटेर निर्मूल पार्नु पर्छ जुन तिमीले बारबार भन्ने गर्थ्यौ। अन्तमा तिमी र तिम्रो परिवारको उज्वल भबिष्यको कामना गर्दै संसारबाट बिदा लिदैछु!!

उही तिम्रो बन्न नसकेकी शिलु, -प्रेम कटवाल “जिजीविषा” खोटांग, हाल-मरुभूमीबाट

(नोट:- कथाका पात्रहरु काल्पनिक हुन। यदि कसैको वास्तविक जीवनमा मेल खान अाएमा संयोग मात्र हुनेछ)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.