Daily Archives: 16/12/2013

क्रिकेटलाई तीन करोडको प्रायोजन


काठमाडौं– सिंगापुरको कम्पनी सिंगा स्टिलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वार्षिक १ करोड रुपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ र सिंगा स्टिलका प्रवन्ध निर्देशक साद खान ज्यानजुवाले आइतबार तीनवर्षे प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार सिंगाले क्यानलाई हरेक वर्ष १ करोड रुपैयाँबराबरको क्रिकेट किट्स उपलब्ध गराउनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

एकै वर्षमा तीन परराष्ट्र सचिव


काठमाडौं-सरकारले तीन वर्ष कार्यकाल बाँकी छँदै परराष्ट्र सचिव दुर्गा भट्टराईलाई गत साउनमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त गर्‍यो। र, परराष्ट्रका वरिष्ठ सहसचिव अजुर्नबहादुर थापालाई सचिवमा बढुवा गर्‍यो। उनले उमेर हदका कारण माघ १ गते अवकाश पाउँदै छन्। अनिवार्य अवकाश पाएको केही सातापछि उनले सार्क महासचिवको जिम्मेवारी सम्हाल्ने भएका छन्। परराष्ट्रमा भने कार्यभार कसले सम्हाल्ने अन्योल सुरु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मन्डेलाको भावपूर्ण बिदाइ


Anchor_20131216090747कुनु, दक्षिण अफ्रिका (एजेन्सी), पुस १ – दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा प्रजातन्त्रवादी नेता नेल्सन मन्डेलाको आइतबार अपराह्न ४ बजे इस्टर्न केप प्रान्तस्थित उनकै गाउँ कुनुमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । सोही गाउँमा मन्डेलाले बाल्यकाल र किशोरावस्था बिताएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्