राष्ट्रपति फेर्ने तर्फ नलागौं-नेपाल


मदन ठाकुर
रौतहट-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफु राष्ट्रपति फेर्नु पर्छ भन्ने पक्षमा नरहेको बताएका छन्। प्रेश चौतारी रौतहटले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले आफु बर्तमान राष्ट्रपतिकै पक्षमा रहेको बताए।


नेता नेपालले मुलुकमा २०४७ सालको संविधान फर्किने कुनैपनि सम्भावना नरहेको बताउँदै मुलुक कुनै एउटा धर्म , जाति र समुदायको नभएकोले अब २०४७ सालको संविधान नफर्किने बताए। उनले अहिले काँग्रेस र एमालेले एक आपसमा विश्वास कायम गरेर अगाडि बढनु पर्ने आवश्यकता रहेको पनि बताए।

लोकतन्त्रलाई संस्थागत गर्न र संविधान निर्माणको कामलाई पुरा गर्न एनेकपा माओवादी र नेकपा –माओवादी लगायतका दललाई पनि संगै लिएर जानु पर्नेमा उनले जोड दिए।

मधेशवादी दलका नेताहरुको आचरण ठिक नभएकै कारण निर्वाचनमा मधेशवादी दलले मधेशबाट हार व्यवहोर्नु परेको भन्दै उनले एमाले र काँग्रेस मधेशीको मुद्धा प्रति इमान्दार रहेको कुरा निर्वाचनको परिणामबाट पुष्टि भएको जिकिर गरे।

एमाले वरिष्ठ नेता नेपालले स्थानीय निकायको निर्वाचन अबको चैत या बैशाख महिनामा हुने भन्दै स्थानीय निकायको चुनावलाइ लक्षित गर्दै संगठन निर्माण र सुदृढिकरणमा अहिले देखि नै एकजुट भएर लाग्न पार्टीका कार्यकर्ताहरुलाइ निर्देशन पनि दिएका छन ।
– See more at: http://nagariknews.com/main-story/story/10337#sthash.McrwnX2L.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.