युएर्इलार्इ हराउँदै नेपाल तेस्रो बन्न सफल


Basanta-Regmi.1१५ मंसिर, काठमाण्डौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गरेको छ । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनको मद्दतमा जित निकालेको हो । नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका लागि हङकङविरूद्द विजयी रन बटुलेका मध्यक्रमका व्याटसम्यान शरद भेसवाकरले ३ चौकार ३ छक्कासहित अविजित ४३ रन बनाए । त्यस्तै ओपनर सुवाश खकुरेलले ३ चौकासहित ३८ रन जोडे भने ओपनर सागर पुनले १९ रन बनाए । अनिल मण्डल १३ रनमा अविजित रहे । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके । अर्का व्याट्सम्यान विनोद भण्डारी डकआउट हुनपुगे ।

हारको नजिक पुगिसकेको नेपाललाई आज पनि शरदले उद्धार गरे । कप्तान पारस खड्कालाई २ रनमा गुमाएपछि क्रिजमा आएका भेसवाकर आजको युएईविरुद्धको खेलमा पनि नायक सावित भए । भेसवाकरले नेपाललाई जितको लागि ६ बलमा ११ रन चाहिएको अवस्थामा अन्तिम ओभरको दुईबलमा छक्का हानेपछि नेपालले ४ बल बाँकी छादै लक्ष्य भेटाएको हो ।

यसअघि टस हारेर पहिले व्याटिङमा उत्रेको युएर्इका लागि अब्दुल साकुरले सर्वाधिक २८ रन बनाए । उनलाई बसन्त रेग्मीको बलिङमा अनिल नेपालका लागि बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ विकेट लिए भने महंगा सावित भएका अर्का स्पिनर शक्ति गौचनले ३ ओभर बलिङ गर्दै ३१ रन खर्चेर १ विकेटमात्र लिए । आजको खेलमा नेपालका लागि ४ विकेट लिएका बसन्त रेग्मी म्यानअफ द म्याच घोषित भए । बलिङतर्फ युएईका कम्रन शाहजादले दुई तथा सहदीप शिल्भा, अम्जद जाभेद र रोहन मुस्तफाले एक एक विकेट लिए ।

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्दैछन् ।
– See more at: http://www.onlinekhabar.com/2013/11/140432/#sthash.QfxP9xkr.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.