सभासद सापकोटा घरदैलोमा, प्रमाणपत्र अधिकृतको कार्यालयमा


सिन्धुपाल्चोक-परिणाम बहिस्कार गर्दै मध्यरातमा मतगणनास्थल छोडेर हिंडेका क्षेत्र नम्बर २ का विजेता एकीकृत माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा सातापछि जिल्ला फर्केर घरदैलोमा निस्केका छन्। तर उनले संविधानसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र भने बुझेका छन्।

बिहीबार जिल्लामा फर्केका उनले सदरमुकाम चौतारामा घरदैलो सहित विजय जुलुस पनि निकाले। प्रमाणपत्र नबुझी जुलुसपछि उनी मतदातालाई धन्यावाद दिन गाउँ छिरेका हुन्। सानोसिरुवारी हुँदै सापकोटा शुक्रबार माझी, दनुवार बस्ती भीमटार पुगेका छन्। ‘क्षेत्रका सबै गाविस पुगेर उहाँ (सापकोटा)ले मतदातालाई धन्यवाद दिनुहुनेछ,’ जिल्ला नेता माधव सापकोटा सुवोधले नागरिकसँग भने, ‘साथै पार्टी र निर्वाचन परिणामको कुरा पनि जनतामाझ राख्नु हुनेछ।’मंसिर महिनाभर सापकोटा घरदैलोमा रहने कार्यक्रम छ। उनको प्रमाणपत्र निर्वाचन अधिकृतको कार्यालयमा थन्किएको छ। मतगणना सुरु गरेकै दिन ५ गते मध्यराति सापकोटा एकाएक मतगणनास्थल छोडेर हिंडेका थिए। बिहीबार बिहान साढे ३ बजे पुनः मतदानस्थल छिरेका सापकोटा पत्रकार सम्मेलन गरी परिणाम बहिस्कार गरेको विज्ञप्ति बाँडेर राजधानी फर्केका थिए। सापकोटाले एमाले उम्मेदवार सुभास कर्माचार्यलाई ६ सय ५० मत अन्तरले पराजित गरेका हुन्। उनले गणनास्थल छोड्दासम्म कर्माचार्यले अग्रता लिएका थिए। ८ गते मतगणना सकिनु डेढ घण्टा अघिबाट कर्माचार्यलाई पछि पार्दै सापकोटा १२ हजार ८ सय ८ मत पाएर विजयी घोषित भए। कर्माचार्यले १२ हजार १ सय ५८ मत पाए। २०५६ को संसदीय निर्वाचन जितेका कर्माचार्यलाई २०६४ को संविधानसभा निर्वाचनमा सापकोटाले २० हजार मत अन्तरले पराजित गरेका थिए। एमाओवादी कार्यकर्ताले घोषणाकै दिन सांकेतिक रुपमा विजय र्याली निकालेका थिए।

– See more at: http://nagariknews.com/main-story/story/10320#sthash.SbNqIU0L.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.