नेपाल सेमिफाइनलबाट बाहिरियो, अफगानिस्तानसँग ७ विकेटले पराजित


 1453306_450785115026249_1953278155_nअफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल ट्वान्टी-२० विश्पकप छनोट क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल आगामी वर्ष बंगलादेशमा हुने विश्वकपका लागि भने छनोट भइसकेको छ ।

नेपालले प्रस्तुत गरेको ९१ रनको लक्ष्य अफगानिस्तानले १५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका अभिनाश कर्णले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट हात पारे । निकै महंगो बलिङ गरेका कप्तान पारस खड्काले १ ओभरमा १७ रन दिए ।

यसअघि अबुधाबीमा टस हारेर व्याटिङ थालेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९० रन बनाएको थियो । सुरुवात देखि नै खराब प्रदर्शन गरेको नेपालको स्कोर बोर्डमा ४ रन हुँदा सागर पुन व्यक्तिगत २ रनमा पहिलो विकेटका रुपमा आउट भएका थिए । नेपालका लागि सरद भेसवाकरले २८ बलमा अजिवजित २७ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल १४, कप्तान पारस खड्का १३ रनमा आउट भए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।

बसन्त रेग्मी ८ रनमा आउट भए भने जितेन्द्र मुखियाले ६ रनमा अविजित रहे । प्रदिप ऐरीले ७, सुवास खकुरेल र विनोद भण्डारी ३-३ रन बनाए भने शक्ति गौचन २ रनमा नै आउट भए ।

– See more at: http://www.onlinekhabar.com/2013/11/139974/#sthash.HjmJ77an.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.