बाबुरामले अमेरिकी राजदूतलाई भने-’शान्ति र संबिधानको प्रकृया छाड्दैनौं’


११ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले शान्ति र संबिधानको प्रकृयालाई नछाड्ने बताउनुभएको छ ।Baburam-Bhattarai-1

नेपालका लागि अमेरिकी राजदूत बोडेसँग आज बिहान आफ्नै निवास सानेपामा छलफल गर्दै भट्टराईले त्यसका लागि सरकार र संबिधानका बिषयमा राजनीतिक सहमतिका आधारमा टुंगाइनुपर्ने आफ्नो सर्त रहेको जानकारी गराउनुभयो ।

भट्टराईका निजी सचिव बिश्वदीप पाण्डेका अनुसार उहाँले निर्वाचनका क्रममा बिभिन्न ठाउँमा धाँधली भएका घटना बाहिर आएका कारण त्यस’bout निष्पक्ष छानविन हुनुपर्ने आफ्नो पार्टीको माग रहेको जानकारी गराउनुभएको थियो ।

दोस्रो संबिधानसभाको निर्वाचनमार्फत् एमाओवादी तेस्रो स्थानमा झरेलगत्तै संबिधानसभामा नजाने उद्घोष गरेपछि अन्तराष्ट्रिय समुदायले एमाओवादीलाई परिणाम स्वीकार्न दबाब दिइरहेको छ ।

भेटका अबसरमा राजदूत बोडेले नेपालको राजनीति सहमतिका आधारमा अघि बढोस भन्ने आफ्नो मुलुकको चाहना रहेको जानकारी गराउनुभएको पाण्डेले जानकारी दिनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/11/139214/#sthash.AtADSNqr.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.