नेपाल विश्वकपको नजिक


 आइसिसी विश्व ट्वान्टी–२० छनोटमा आइतबार नेपालको खेल थिएन्। तर, आफू मैदान नउत्रिएको दिन भएका दुवै खेलमा अनुकुल नतिजा आएपछि नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपको एक कदम नजिक पुगेको छ।

नेपालले बुधबार अवुधावीमा हुने क्वार्टरफाइनलमा हङकङसँग खेल्ने छ। हङकङलाई पराजित गरे नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपालले हङकङसँग हारे पनि विश्वकपमा पुग्न थप एक खेल खेल्ने मौका पाउने छ। नेपाल र हङकङको विजेताले अफगानिस्तानसँग सेमिफाइनल खेल्ने छ।नेपालले शनिबार बर्मुडालाई २१ रनले पराजित गरी ८ अंकका साथ तेस्रो स्थानमा रही दोस्रो चरण प्रवेशसँगै समूह चरणको यात्रा टुंगाएको थियो। आइतबार भएका खेलहरुमा स्कटल्यान्डले डेनमार्कलाई ७६ रनको अन्तरले र केन्याले अफगानिस्तानलाई पराजित गरेको भए नेपालले तेस्रो स्थान गुमाउने थियो।

स्कटल्यान्डले डेनमार्कसँगको खेल ७५ रनको अन्तरमा मात्र जित्न सक्यो। अफगानिस्तानले केन्यालाई ३४ रनले पराजित गरेपछि नेपाल समूह ‘बी’ मा तेस्रो हुने पक्का भएको हो। नेपाल र स्कटल्यान्डको समान ८ अंक रह्यो। दुवै टोलीको नेट रन रेट पनि समान +०.३७९ नै भएपछि फोर डिजिट स्कोरिङको आधारमा स्कटल्यान्डभन्दा नेपाल अगाडी रह्यो।

स्कटल्यान्ड चौथो स्थानमा रहयो। टोलीले इटालीसँग क्वालिफाइङ सेमिफाइनल प्ले अफमा खेल्ने छ। केन्यालाई पराजित गरेपछि अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर विश्वकपमा सोझै छनोट भएको छ। तेस्रो पटक अफगानिस्तानले विश्वकपको अनुभव बटुल्न लागेको हो। त्यस्तै समूह ‘ए’ बाट आयरल्यान्ड विजेता बनी विश्वकपमा पुगेको छ। आयरल्यान्डले निर्णायक खेलमा हङकङलाई ८५ रनले पराजित गर्यो।

म्याट माचनको अविजित ९० रनमा स्कटल्यान्डले दुबईको आइसिसी एकेडेमीको २ नम्बर मैदानमा ३ विकेट गुमाई २ सय ५ रन बनायो । डेनमार्कले यसअघिका ५ खेल हारेको र वर्षाका कारण पपुवा न्यु गिनीसँग अंक पाएको थियो। अन्तिम ओभरसम्म डेनमार्क ११४–५ को स्थितिमा थियो। यो स्थितिमा नेपाल छनोट हुन डेनमार्कले १७ रन बनाउनु पर्ने थियो। १६ रनले दुवै टोलीको अंकसँगै रन रेट पनि समान हुने थियो।

हमिद शाहले पहिलो दुई बलमै माचनलाइ छक्का प्रहार गरेपछि नेपालको आशा जागेको थियो। तेस्रो २ रन लिएका माचनले चौथोमा १ रन जोडे। ताहा अहमदले पाँचौंमा १ रन लिएपछि अन्तिम ओभरको १ बल अगाडी डेनमार्कले १६ रन जोडेको थियो। माचनले अन्तिम बलमा शाहलाइँ आउट गरेपछि नेपाल र स्कटल्यान्डको अंक र रन रेट समान हुन पुग्यो।

अफगानिस्तानले केन्यालाई पराजित गरे समूह विजेता बन्ने निश्चित थियो र नतिजा पनि सोही अनुरुपको निकाल्यो। नुर अली जद्रानको ५० रनमा अफगानिस्तानले ९ विकेट गुमाई १ सय ४८ रन बनायो। नेपालविरुद्धको खेलमा सतक बनाएका राकेप पटेलले ५२ रन बनाए पनि केन्या १८.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो। सामिउल्लाह सेनवारीले १३ रन खर्चेर ५ विकेट लिए।

आयरल्यान्डले प्रतियोगितामा दोस्रो पटक २ सय रन पार गर्यो। पाउल स्टिर्लिङको ७७ र केभिन ओ ब्राइनले २७ बलमै ३ चौका र ५ छक्का प्रहार गरी अविजित ६२ रन बनाएपछि आयरल्यान्डले ४ विकेट गुमाई २ सय ७ रन बनायो। पहिलो १० ओभरमा ९० रन जोडेको हङकङ १७.१ ओभरमा १ सय २२ रनमा खुम्चियो। आयरल्यान्ड लगातार चौथो पटक ट्वान्टी विश्वकपमा छनोट भएको हो।

युएई र हङकङको समान १० अंक भए पनि हङकङ रन रेटका आधारमा अगाडी रहयो। युएइले आइतबार अमेरिकालाई १४ रनले पराजित गर्यो। पहिला ब्याटिङ गरेको युएईले ५ विकेट गुमाई १ सय ५१ रन बनायो। पुछारमा रहेको अमेरिकाले ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो। सेमिफाइनल अन्य प्लेअफमा नामिबिया र पपुवा न्यु गिनी खेल्ने छन्।

– See more at: http://nagariknews.com/sports/cricket/story/10198#sthash.LAJIUXma.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.