एमाओवादी ससर्त तयार


maoist-office_20131126083139काठमाडौ, मंसिर ११ – एमाओवादीले अन्तरिम संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने प्रस्ताव अघि सारेको छ । सहमतीय प्रणालीबाट संविधान र सरकार निर्माण गर्नुपर्ने उल्लेख गर्दै उसले अन्तरिम संविधानमा बहुमतीय प्रणाली संशोधन गरी सहमतीय राख्नुपर्ने प्रस्ताव गरेको हो ।

संविधानसभामा कांग्रेस, एमालेलगायत दलको दुई तिहाइ बहुमत हुने र त्यसबाट आफूले चाहेजस्तो संविधान नबन्ने देखेपछि एमाओवादीले यस्तो प्रस्ताव राखेको हो । ‘सहमतीय प्रणालीबाट मात्र संविधान निर्माण र सरकार गठन गर्नुपर्ने आवश्यकता महसुस भएको छ,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘त्यसका लागि अन्तरिम संविधान संशोधन गर्नुपर्ने निर्णय भएको छ ।’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समिति बैठकले ‘अन्तरिम संविधान संशोधन गरी संविधान निर्माण एवं सबै पक्षमा सहमतीय प्रणाली स्थापित गर्नुपर्ने निर्णय गरेको छ । अन्तरिम संविधानमा सरकार गठनमा सहमति नभए मात्र बहुमतको विधिमा जाने उल्लेख छ ।

पहिलो संविधानसभा निर्वाचनपछि अन्तरिम संविधान संशोधन गरी प्रमुख दलले बहुमतीय प्रणालीमा जाने निर्णय भएको थियो । एमाओवादीले अहिले राखेको यो प्रस्तावलाई संविधानसभामा सहभागी नभएको नेकपा-माओवादीलाई समेत सहभागी गराउने ‘उपयुक्त विधि’ भनी दाबी गरेको छ ।

माओवादीले भनेजस्तै गोलमेच सम्मेलन वा सर्वदलीय बैठक गर्नुपर्ने उसले संकेत गरेको छ । ‘हामीले संविधानसभामा ससर्त जान्छौं भनेका छौं, निर्वाचनमा भएको धाँधलीको छानबिन हुनुपर्ने माग गरेका छौं,’ एक वरिष्ठ नेताले भने, ‘हाम्रो माग पूरा भएन भने पनि हामी संविधान निर्माणमा सघाउँछौं ।’ बैठकमा अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको कार्यदिशा परिवर्तन नहुने उल्लेख गर्दै त्यसमै प्रतिबद्ध रहेको बताएका थिए ।

बैठकले जितेका क्षेत्रमा गएर विजयोत्सव मनाउन र पराजित क्षेत्रमा गएर मतदातालाई धन्यवाद दिन सबै उम्मेदवारलाई निर्देशन दिएको छ । ‘जितेका ठाउँमा विजयोत्सव मनाउन र हारेका ठाउँमा मतदातालाई धन्यवाद दिने निर्णय भएको छ,’ नेता हरिबोल गजुरेलले भने, ‘तर यथास्थितिमा संविधानसभामा नजाने निर्णय भएको छ ।’ संविधानसभा निर्वाचनमा षड्यन्त्र र धाँधली भएको भन्दै यसमा सहमत सबै शक्तिहरूसँग व्यापक संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको छ ।

निर्वाचनमा भएको विभिन्न रूप र तथ्य संकलन गरी एक साताभित्र प्रतिवेदन बुझाउन नेताहरू वर्षमान पुन, रामचन्द्र झा, खिमलाल देवकोटा र अधिवक्ता रामनारायण बिडारी र पूर्वसचिव जनकराज जोशी रहेको समिति गठन गरेको छ ।

छानबिन आयोग गठनको माग

एमाओवादी, मधेसी जनअधिकार फोरमलगायत १० दलको सोमबार बसेको बैठकले निर्वाचनमा ‘नियोजित धाँधली’ भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग’ गठनको माग गरेका छन् । एमाओवादी केन्द्रीय कार्यालयमा सोमबार अपराह्न बसेको बैठकले यस्तो माग गरेको हो । ‘यस निर्वाचनको परिणाम अस्वाभाविक, अविश्वसनीय, नियोजित र धाँधलीपूर्ण भएको कुरा विभिन्न तथ्य र घटनाक्रमले स्पष्ट गरेका छन्,’ १० दलद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ, ‘यसको कडा विरोध गर्दै यस निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियाको सत्य, तथ्य जनतासमक्ष ल्याउन उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गरियोस् भनी यो बैठक जोडदार माग गर्दछ ।’

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी अध्यक्ष अशोक राई, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवलगायत १० दलका नेताको हस्ताक्षर छ ।
– See more at: http://www.ekantipur.com/np/2070/8/11/full-story/379746.html#sthash.Co4039lb.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.