शान्तिपूर्ण भयो भनेको हुँ, धाँदलीरहित होइन- प्रचण्ड


एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभाको मतगणनामा धाध्धली भएको भन्दै मतगणना प्रक्रियालाई अस्वीकार गरेको छ । यो धाँधलीलाई नसच्याइए आगामी संविधानसभामा सहभागी नहुने एमाओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेपछि यस’bout तिब्र क्रियाप्रतिक्रिया आइरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको चाहिँ चुनावी विश्लेषण यस्तो छ-

चुनावमा धाँधली भयो भन्नुभयो, कहाँ-कहाँ कसरी भयो धाँधली ?

धाँदली कसरी भयो भन्दा मतदान भइसकेपछि मतपेटिका ल्याउने क्रममा हाम्रा प्रतिनिधिलाई विभिन्न तरिकाले आउन नदिने, मतमेटिका बेलामा नल्याउने र मतपेटिका अन्यत्र लगेर राख्ने गरियो । हाम्रा प्रतिनिधिको मोटरसाइकलको हावा खोलिदिने गरे । खसेको मतभन्दा धेरै मतपत्र भेटिने जस्ता कुराले स्वच्छ निर्वाचन भएन, धाँदली भयो भन्ने प्रष्ट भएको छ ।

कसले गर्‍यो धाँधली ?

कसले गर्यो भन्ने कुरा मतमेटिका नल्याउने, सिल तोडिने, बढी मत हुने, हामीले कसैलाई आरोप लगाएको होइन । यी आरोपले गर्दा हामीले जनतालाई भन्नुपर्छ, हामी जनताले दिएकै अभिमतलाई स्वीकार गर्छौं भनेर आएका हौं । जनताको मतलाई सम्मान गर्ने प्रतिवद्धतासहित आएका हौं । तर, धाँदली र षड्यन्त्रलाई स्वीकार गछौर्ं भनेर आएका होइन ।

अब के गर्ने त ?

हामीले शान्ति प्रक्रियाबाट बाहिर गयौं भनेका छैनौं । निष्पक्ष ढंगले पुनरावलोकन गरेर मात्रै अगाडि बढौं भन्ने हाम्रो भनाइ हो । पुनरावलोकन नगरी गयौं भने स्वतः हामी संविधानसभाबाट अलग हुने स्थिति हुनेछ । त्यो नभइदेओस् भन्ने हाम्रो चाहना हो । यदि त्यसो गरिन्छ भने पनि हामीले गरेको हिजोको १२ बुँदे समझदारी, यो विस्तृत शा्न्ति सम्झौता र अन्तरिम संविधान मर्म र भावनाअनुसार हामी लोकतान्त्रिक ढंगले वार्ता र सहमतिको ढंगले नै अघि बढ्दछौं ।

चुनाव हारेपछि यस्तो बाहनाबाजी गर्नुभएको हो कि ?

त्यसलाई मात्र हेरेर भन्न मिल्दैन, हामीले परिणामलाई हेरेर मात्र त्यसो भनेका छैनौं । परिणाम आउनुअघि नै यी हर्कतहरु, देशभरिका घटनाक्रम हेरिसकेपछि हामीले यो भनेका छौं । अघिल्लो चुनावमा हामी ठूलै पार्टी हुन्छौं भनेर ग्यारेन्टी भएर शान्ति प्रक्रिया आएका होइनौं र निर्वाचनमा सहभागी भएका पनि होइनौ । त्यतिखेर पनि हामीले तेस्रो, चौथो भए पनि हामी संविधानसभामा आयौं भनेकै थियौं ।

अहिले पनि पार्टी सानो हुन्छ भनेर हामीले यो कुरा भनेको होइन । तर हामीले जुन कुरा उल्लेख गरेका छौं । षड्यन्त्र भएको स्पष्ट भएपछि पुनरावलोकन गरौं भन्ने मात्र हाम्रो आग्रह हो ।

धाँधली भयो भनेर शुरुमै किन भन्नुभएन र हार्न थालेपछि यस्तो बाहनाबाजी गर्नुभएको हो ?

यो विल्कुल गलत कुरा हो । देशभरिको घटनाक्रम संकलन गर्न हामीले एकाध घन्टा पर्खियौं । राति नै बैठक गरेर राति नै प्रेस विज्ञप्ति जारी गर्यौं । घटनाक्रम र सम्पर्क गर्ने समयबाहेक हामीले केही पनि ढीलो गरेका छैनौं ।

कहाँ-कहाँ भयो धाँधली ?

बुटवलको एउटा तथ्य आइहाल्यो, सिन्धुपाल्चोकमा हाम्रो प्रतिनिधि मोटरसाइकलमा आउँदै गर्दा मोटरसाइकलको हावा खुस्काइयो । हाम्रा प्रतिनिधिलाई आउन नदिएर झण्डै ६/७ घन्टा मतमेटिका अन्तै राखियो । यहाँ पनि त्रिपुरेश्वरमा मतपेटिका बोकेको गाडी दुर्घटना भयो भनियो । तर, दुर्घटना भएकै थिएन । चारघण्टा त्यहाँको मतपेटिका लगेर अन्त राखियो । रोल्पा २ नम्बरमा पनि मतपेटिका त्यसरी नै राखियो । काठमाडौं ४ नंबर क्षेत्रमा पासाङको मतपेटिकामा खसेको भन्दा ४२ मत बढी देखियो । मतपेटिकामा सर्वसाधारणले आ-आफ्नै तरिकाले पट्याउँछन् तर त्यहाँ सबै एकै प्रकारले पट्याएको पाइयो । कतिपय ठाउँमा अर्धकट्टीमा हस्ताक्षर छैन, पि्रन्ट गरिएको छ भने कतिपय अर्धकट्टी नै काटिएको छैन । यी तथ्यहरु भेटिसकेपछि गम्भीरता हेर्यौं । कतै ५० मत धेरै देखियो, कतै १०० मत बढी देखियो ।

एक ठाउँको घटनाक्रम हामीले भनेको होइन, देशभरि यसखालका घटनाक्रम देखिएपछि हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि एउटा जिम्मेवार पाटी हुनुको नाताले यसको पुनरावलोकनको निम्ति सरकार, राजनीतिक दल र आयोगसँग आफ्नो कुरा राख्नुपर्दथ्यो । जनतालाई पनि भन्नुपर्छ, हामी अझै पनि आशावादी छौं, निर्वाचन आयोग, दल र सरकारले यसलाई सकारात्मक रुपमा ढंगले लिने छन् ।

चुनाव सकिनेवित्तिकै तपाई आफैंले वक्तव्य जारी गरेर भन्नुभएको हैन, चुनाव शानदार एवं शान्तिपूर्णरुपमा सम्पन्न भयो भनेर ?

मैले शान्तिपूर्ण सम्पन्न भयो भनेको हुँ, धाँदलीरहित भनेको होइन ।-वीचमा बाबुराम भट्टराईको जवाफ-रुपन्देही ४ मा डीएसपी र सिडियोले र मतपेटिका अन्यन्त्रै राखे । हाम्रा कार्यकर्ताले त्यसो गर्न पाइँदैन भन्दा लाठी चार्ज गरेर अहिले अस्पतालमा छन् ।

निर्वाचन आयोगले मतगणना रोकिन्न भनेको छ, अन्य दलले तपाईंहरुको भनाइ लोकतान्त्रिक मान्यताविपरीत छ भनेका छन् । के गर्नुहुन्छ ?

हामीले प्रष्ट भन्यौं, पुनरावलोकन गरेर अघि बढौं, यदि निर्वाचन आयोगले रोकेन भने हामी यो प्रक्रियाबाट अलग हुन्छौं, हामी संविधानसभामा जाँदैनौं । अझै पनि हामीले आयोग, सरकार र दलहरुसँग पुनरावलोकन गरियोस् भन्ने माग गछौर्ं । उचित निष्कर्ष निकालेर अगाडिको कदम चालियोस भन्ने हाम्रो आग्रह हो ।

भनेपछि त तपाईहरुभन्दा मोहन वैद्यहरु पो ठीक हुनुहुँदोरहेछ हैन ?

वैद्यजी र हामी एकै ठाउँमा हुन अहिले यस्तो गरेको होइन । संविधानसभाका लागि त्याग र बलिदान गरेको पार्टी भएका नाताले तपाईहरुले देख्नुभयो, यो संविधानसभाको पार्टीको माहोल बनाउन मैले महिनौं दिनदेखि कति दुःख कष्ट र अप्ठेरो सहेर झेलें । सबै पत्रकार र आम जनताले देखेकै कुरा छ । यो हामीलाई खुसीको कुरा छैन ।

तर, अग्रगामी सविधान बनाउनुको साटो धाँदली गरेर अनेक चलखेल गरेर प्रतिगमनको बाटोमा फर्काउने प्रयास गरियो । यो बाह्रबुँदे, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको बर्खीलापमा छ, यसको पुनरावलोकन होस् भन्ने हाम्रो माग हो ।

मतगणना रोकिएन भने के गर्नुहुन्छ ?

यसलाई सकारात्मक रुपमा लिएनन् भने हामी यो प्रक्रियामा रहने छैनौं, तर, नरहे पनि १२ बुँदे समझदारीको मर्म, विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिक दलसँग हाम्रो सहकार्य र वार्ता जारी रहन्छ ।

तपाईंहरुको भन्दा वैद्यको निर्णय ठीक रहेछ ?

यो कुरा अलिकति त हामीले संकेत गर्यौं । पहिला पनि हामीलाई थोरै धेरै प्रश्न नउठेको होइन । नेपाली जनतासँग म बहुत स्पष्टसँग राख्न चाहन्छु, संविधानसभाको विघटन जुन ढंगले हुन गयो, हामीले संविधानसभा कायम राखौं भन्दा पनि नमान्ने, संविधान बनाऔं भन्दा पनि नमान्ने, अनेक गरेर कुनै उपाय नहुने गरेर विघटन गराइयो । अनि निर्वाचित सरकारले नै निर्वाचन गर्ने विश्वव्यापी मान्यताअनुसार, बाबुराम भट्टराईकै नेतृत्वमा चुनाव गर्ने भनेर हामीले भनियो । हामीलाई शंका त त्यतिखेर पनि थियो, विश्वव्यापी मान्यतालाई पनि किन अस्वीकार गरियो भन्ने त हामीलाई लागेकै थियो ।

संविधान बनाउन हामीले दसौं हजार जनताको वलिदान गरेर पनि अयौं भने फेरि जनतामा जानका लागि बरु सरकार पनि छोडौं, भनेर हो । त्यो वातावरण बनाउन पनि अनेक शंका उपशंका हुँदा पनि हामी नै अग्रसर भएर वातावरण पनि बनायौं । तर, अहिले देशव्यापी घटनाक्रम देखेर यसलाई पनि स्वीकार गरियो भने त हामीले त्यस्तो आन्दोलन, वलिदान र परिवर्तन गर्न खोज्यौं, यसमा औचित्वको प्रश्न उठेपछि हामी जनतामा जाँदैछौं ।

चुनावमा आफू पनि शतर्क हुनुपर्ने हैन र ?

हामीले जति सजगता अपनाउनुपर्दथ्यो, त्यो नअपनाएको हो, त्यसमा हामीले आत्मालोचना पनि गरिसक्यौं । बाँकी कुरा केन्द्रीय कमिटिको निर्णयअनुसार हुन्छ ।

जनताले यसपालि हिंसाको साटो शान्ति रोजेका हुन् कि ?

यो कुरा विल्कुल गलत छ । अघिल्लोपटक हामीलाई बहुमत दिँदा जनताले हिंसा चाहेका थिए त ? अहिले शान्ति चाहेका भन्न मिल्छ ? यो देशमा यसरी नै षड्यन्त्र भएर अग्रगमन बाटो रोक्न सकियो, धाँदलीको बाटोबाट नेपाली जनतालाई पहिचान र अधिकारसहतिको संघीय गणतान्त्रिक संविधान निर्माण गर्नबाट रोक्ने शक्तिको विरोधमा रहेका सबै शक्तिसँग हाम्रो एकता हुन्छ ।

(मंसिर ७ गते पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रश्नहरुको जवाफ )

– See more at: http://election.onlinekhabar.com/index.php?route=news/article&news_id=169#sthash.qIz8pRyF.DyKuRIH8.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.