काठमाडौं, ६ मंसिर/ संयुक्त राष्टसंघका महासचिव वानकी मुनले संविधानसभाको दोस्रुो निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनातालाई बधाई दिनुभएको छ।
चुनाव सम्पन्न गरेको एक दिनपछि जारी विज्ञप्तीमा मुनले निर्वाचनमा आम मतदाताको सहभागिताले नेपाली जनता शान्ति प्रक्रियालाई अगाढी बढाउन प्रतिबद्ध रहेको जनाउनुभएको छ।
आफ्नो वक्तव्यमा मुनले अब बन्ने संविधानसभालाई नयाँ संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी रहेको समेत स्मरण गराउनुभएको छ। राष्ट्रसंघ नेपालको शान्तिपूर्ण लोकतान्त्रिक समृद्ध भविष्यको लागि सहयोग गर्न प्रतिबद्ध रहेको समेत मुनले प्रष्ट गर्नुभएको छ।