१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप सुवैखको खेल मैदानमा हुने


सम्पूर्ण खेलाडी साथीहरुलाई तयारीको लागि क्लबको अपिल..

ईन्द्र भुसाल, कुवेत

1453546_668302593201583_1806188831_nकुवेतबासी नेपाली फुट्बल खेलाडी र खेलप्रेमी दर्शकहरुको लामो समय देखी पर्खाईमा रहेको माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१३ आगामी डिसेम्बर १३ देखी केही हप्ता पहिले

स्विडिशले आयोजना गरेको शुवैख सवा हस्पिटल अगाडीको सुबिधा सम्पन्न तथा अती नै महँगो खेल मैदानमा सम्पन्न हुने भएको छ ।

कुवेतका कतिपय खेल मैदानहरुमा पुग्नसम्म नसकिने र पहुँच रहेका मैदानहरु पनि बर्षदिन पहिले देखी नै रिजर्व भईसक्ने हुनाले ग्राउण्ड पाउन अति नै समस्या परिरहेको अवस्थामा हिजो क्लबले मिनिस्ट्री अफ हेल्थ कुवेत अन्तर्गतको सबा हस्पिटलका एड्मिनिस्ट्रेटिव अफिसर तथा शुवैख स्पोर्टस क्लवका प्रमुखलाई वहाँकै कार्यालयमा भेटवार्ता गरि अनुरोध गर्दा निश्चित समय र विविध शर्तनामाहरुमा क्लव अध्यक्षलाई हस्ताक्षर गराई अध्यक्षकै पूर्ण जिम्मेवारीमा खेल मौदान दिईएको र क्लवलाई यति उच्च तहसम्म पुगेर कुरा गराउन स्विडिश कम्पनिका सुपरभाईजर मोहन राईको ठुलो सहयोगी भूमिका रहेको क्लव अध्यक्ष जय आलेले जानकारी दिनु भयो ।

क्लवका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजनको स्‍मृतिमा स्थापना गरेर कुवेतमा बिगत १४ बर्ष देखी सञ्चालन हुँदै आएको यो गोल्ड कप प्रतियोगिता अहिले १२औं चरणमा प्रवेश गर्दैछ । यो प्रतियोगिता गत जनवरी महिनामा सम्पन्न गर्नु पर्ने भए पनी कुवेतको नेपाली समाजमा देखिएको असहज परिस्थितिले गर्दा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङको बिशेष आग्रहमा खेल रद्द गरिएको थियो । हरेक साल सम्पन्न हुँदै आएको यो प्रतियोगितामा बिगतमा झै उल्लेख्य रुपमा नेपाली टिमले भाग लिनेमा क्लब विश्वस्त रहेको र सम्पूर्ण टिमहरुलाई तयारी अवस्थामा रहनु हुन र आगामी डिसेम्बर ०६ तारिखका दिन टाईसिट हुने पनि क्लवले जानकारी गराएको छ भने गोल्ड कप प्रतियोगिता सफल पार्न सम्पूर्ण कुवेतवासी नेपाली र सँघ-संस्थाहरुबाट सहयोगको अपेक्षा गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.