नेपाली जनता मत परिणाम व्यग्र प्रतिक्षामा : धनुषा र रौतहटमा मतगणना सुरु


1453393_10152034106115419_1209623952_nकाठमाडौ, मंसिर ५ – नेपालीहरु संविधानसभाको दोस्रो निर्वाचनको परिणाम पर्खिरहेका छन् । भक्तपुर र काठमाडौंको मत गणना सुरु हुन लागेको छ । अन्य स्थानहरुमा पनि आज‍ै बिहानदेखि मत गणना सुरु हुँदैछ । कतिपयस्थानहरुमा मत पेटिका ल्याउने क्रम अझै जारी छ ।

प्रमुख निर्वाचन आयुक्ता निलकण्ठ उप्रेतिले मंगलबार साँझ पत्रकार सम्मेलनमा भने अनुसार मत पेटिकाहरु संकलन भइसकेपछि मत गणना सुरु हुनेछ । आजै साँझ देखि परिणाम आउन सुरु हुनेछ । हामी ईकान्तिपुरबाट उम्मेदवारहरुको मत गणना परिणामलाई पाठहरु समक्ष पुर्याइ रहने छौं ।

धनुषा: ईकान्तिपुरकर्मी श्यामसुन्दर शशिका अनुसार क्षेत्र न. ४ को मतगणना सुरु भएको हो । जनकपुर नगरपालिका वडा न. ८ वागवानी ख मतदान केन्द्र र नगरपालिकाकै वडा न. १८ मुजेलिया क मतदान केन्द्रको मतगणना थालिएको छ । नेपाल वार एसोसिएसन भवनमा मतगणना हुँदैछ ।

रौतहट: ईकान्तिपुरकर्मी शिव पुरीका अनुसार क्षेत्र न.१ को मतगणना जुद्ध उच्च माविमा सुरु भएको छ ।

सिन्धुली: सिन्धुलीको तीन क्षेत्र मध्ये १ र २ नं को मतपेटिका सबै आइपुगेको छ । क्षेत्र नं ३ को हरिहरपुरगढी र पिपलमाढीको मतपेटिका ल्याइदै गरेको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले जानकारी दिए । दिउसो १ बजेबाट मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौं : ईकान्तिपुरकर्मी जितेन्द्र साहका अनुसार काठमाडौंको मत गणना सुरु भएको छैन । यद्यपी मत गणनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा उत्सुकहरुको ठूलो भीड लागि सकेको छ । ट्राफिक प्रहरीलाई संहाल्न नै हाम्मे परेको छ ।

चितवन : चितवनको नं‌. क्षेत्र २ र ३ अन्तर्गतका पहाडी क्षेत्रबाट मत पेटिका ल्याउने क्रम जारी । सबै जम्मा गरिसकेपछि १२ बजेपछि मत गणना गर्ने तयारी ।

सुनसरीः कान्तिपुरकर्मी वेदराज पौडेलका अनुसार सर्वदलीय बैठक पछि ११ बजेबाट मतगणना सुरु हुँदैछ । जिल्ला प्रहरी कार्यालय अगाडिको भगवती स्कुल र शिक्षक तालिम केन्द्रमा मतगणनाको तयारी छ ।

पोखराः कान्तिपुरकर्मी लालप्रसाद शर्माका अनुसार कास्कीमा केही बेरमै मतगणना थालिने भएको छ । यसकालागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक आब्हान गरेको छ । चार निर्वाचन क्षेत्र रहेको कास्कीमा गएराती पौने दुई बजेभित्र सबै मतदानस्थलबाट मतपेटिका गणनास्थलमा ल्याईएको थियो ।

धनकुटाः कान्तिपुरकर्मी अवधेसकुमार झाका अनुसार धनकुटा जिल्लामा आज बिहान १० वजेवाट मतगणना गर्ने गरि तयारी सुरु गरिएको छ ।

झापाः कान्तिपुरकर्मी चेतन अधिकारीका अनुसार सबैतयारी पुरा गरेर अहिले १० बजेबाट मतगणना सुरु हुने तयारी छ । मुख्य निर्बाचन अधिकृत रमेशकुमार खत्रीका अनुसार क्षेत्र नम्बर १ को मुख्य निर्बाचन अधिकृतको कार्यलयमा, २ र ४ को जिबिस भवनामा ३ को झापा बारको कार्यलयमा ५ को जिल्ला कृषि बिकास कार्यलयको भवनमा,६ को स्काउटमा र ७ को नेपाल परिवार नियोजनको भवनमा मतगणना गरिने छ ।

उदयपुरः कान्तिपुरकर्मी डिल्लीराम खतिवडाका अनुसार सविधान सभाको हिजो सम्पन मतदानको मतपेटिका आउने क्रम जारी छ । जिल्लाको केहि भाग सुगम भएपनि अधिकास क्षेत्र दुर्गम छ । त्यसैले मतपेटिका आउने समस्या भएको मुख्य निर्वाचना अधिकृतको कार्यलयले जनाएको छ । मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर करिब मध्यन्नबाट १ र २ को मतगणना सुरु गरिने छ ।

ताप्लेजुङः कान्तिपुरकर्मी आनन्द गौतमका अनुसार हिमाली जिल्ला ताप्लेजुङमा आज बेलुका सम्ममा सबै मतपेटिका संकलन गरिसक्ने प्रमुुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताएका छन ।

बुटवलः कान्तिपुरकर्मी अमृता अनमोलका अनुसार रुपन्देहीमा मतपेटिका संकलन कार्य सकिएको छ । भैरहवामा रहेको भैरहवा बहुमुखी क्याम्पसमा बिहान १० बजेदेखि मतगणना सुरु गरिने जिल्ला निर्वाचन आयुक्त बालचन्द्र शर्माले बताए ।

पाल्पाः कान्तिपुरकर्मी माधव अर्यालका अनुसार तीनवटै निर्वाचन क्ष्ाेत्रबाट बुधबार बिहान साढे ३ बजेसम्म सबै मतपेटिका सदरमुकाम तानसेन ल्याइएको छ । केहीबेरपछि मतगणना सुरु गरिने छ ।

डोटीः कान्तिपुरकर्मी मोहन शाहीका अनुसार केही क्षेत्र न. १ को मतपेटिकाहरु संकलन भइसकेको र क्षेत्र न. २ को बाँकी रहेको छ । ११ बजे सर्वदलीय बैठक गरेर दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत दान सिं महरालेब बताए ।

संखुवासभा- कान्तिपुरकर्मी दीपेन्द्र शाक्यका अनुसार संखुवासभाका १ सय ३३ मतदान केन्द मध्ये ४२ केन्द्रबाट मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयलय जनाएको छ । किमाथांका, हटिया, मकालु, चेपुवा र मांसिमाको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

मोरङ : बिराटनगर–९ आदर्श उच्च माविमा मत गणना हुँदै । हिजो राती १ बजेसम्ममा सबै मत पेटिका आइपुगुग्यो । सर्वदलीय बैठक सकियो । ११ बजेदेखि मत गणना ।

हिजो दिनभर कहाँ के भएको थियो हामीले गरेको लाइभ अपडेट हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.