उप्रेतीको गाडी रुङ्छन् उपराष्ट्रपतिका सुरक्षागार्ड
३ मंसिर, काठमाडौं । तस्वीरमा लेखिएको छ कोठा नं १३३ । ढोका सधैं बन्द छ । ढोकामा टाँसिएको तस्वीर कुनै चानचुने मान्छेको नभएर पूर्वराजा वीरेन्द्र, ऐश्वर्य र उहाँका परिवारजनको हो । तर, पूर्वराजाका तस्वीर अगाडि फूलमालाको साटो राखिएको छन्, कवाडी सामानहरु । तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ, तर, बरियताको हिसावले राष्ट्रिपतिपछिको दोस्रो मानिने उपराष्ट्रपति परमानन्द झाको कार्यालयको गेटमा पुग्नेवित्तिकै सबैभन्दा पहिले देखिने दृश्य हो यो कोठा नं १३३ ।