३ सय २ को उम्मेदवारी खारेज, पुरुषभन्दा महिला बढी
२९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मापदण्ड नपुगेको भन्दै विभिन्न दलका ३ सय २ जना समानुपातिक उम्मेद्वारको उम्मेदवारी रद्द गरेको छ । उम्मेद्वारी रद्द हुनेमा पुरुषभन्दा महिला बढी छन् । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मात्रै ५२ महिला र १२ पुरुष गरी ६४ जनाको उम्मे्वारी खारेज भएको छ ।निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार एमालेका दुई महिलाको उम्मेद्वारी खारेज भएको छ । एमाओवादीका वालकृष्ण ढुंगेल उषा साह फकिर र थप एक महिलाको उम्मेद्वारी खारेज भएको छ । नेपाली कांग्रेसका एक पुरुषको मात्रै उम्मेद्वारी खारेज भएको छ ।