महिलाका लागि सबभन्दा खराब मुलुक


कायरो (एजेन्सी), कार्तिक २७ – महिला अधिकारको पक्षले संसारकै सबभन्दा खराब मुलुक इजिप्ट भएको अरब मुलुकमा टामसन रोयटर्स फाउन्डेसनले गरेको अध्ययनले भनेको छ । सन् २०११ मा भएको सरकारविरोधी आन्दोलनपछि फैलिएको हिंसापछि त्यहाँको स्थिति बिग्रेको हो । इस्लामी समूहको बढो हस्तक्षेप, यौन उत्पीडन र बलजफ्ती टाटुको आधारमा २२ मुलुकमा उसको नाउँ अगाडि आएको हो ।


सूचीको सबभन्दा माथि महिलाले मन्त्रिपरिषद २० प्रतिशत सिटमा वर्चस्व जमाएको कोमोरोस द्वीप छ । त्यहाँ पारपाचुकेपछि घर र जग्गामा महिलाकै अधिकार हुन्छ । यसपछि ओमान, कुवेत र कतार परेको छ । सबभन्दा खराको सूचीमा इजिप्टपछि इराक, साउदी अरब, सिरिया र यमन परेका छन् । यो वर्षको अगस्ट र सेप्टेम्बरमा गरिएको अध्ययनमा अरब लिगको २१ मुलुक र सिरियाको लैंगिक मामिलाका ३ सय ३६ विशेषज्ञलाई सामेल गरिएको थियो । सिरियालाई दुई वर्षअघि लिगको सदस्यताबाट हटाइसकिएको छ । राष्ट्रसंघले अवलम्बन गरेको महिलाविरुद्धको सम्पूर्ण भेदभाव समाप्त गर्नुपर्ने सन्धि (सीईडीएडब्लू) को प्रावधानका आधारमा सहभागी विशेषज्ञलाई प्रश्न गरिएको थियो । यो सन्धिमा १९ अरब मुलुकले हस्ताक्षर वा अवलम्बन गरेको छ ।
महिलाविरुद्ध हुने हिंसा, मातृ अधिकार, परिवारमा महिलामाथि हुने घरेलु व्यवहार, सशक्तीकरण,राजनीति र अर्थव्यवस्थामा महिलाको भूमिकालाई लिएर प्रश्न गरिएको थियो । इजिप्टको आन्दोलनमा महिलाको सशक्त भूमिका थियो । तर, महिला अधिकारका लागि इस्लामको बढो प्रभाव र राष्ट्रपतीय निर्वाचनमा मुस्लिम ब्रदरहुडका नेता मोहम्मद मुसीको उदय खतरा बन्न पुग्यो । राष्ट्रसंघको अपि्रलको प्रतिवेदनमा समेत इजिप्टको ९९.३ प्रतिशत महिला र युवतीले यौन प्रताडनाको सामना गर्नुपरेको भनेको थियो । मानवाधिकार संगठनहरूको अनुसार यस वर्षको जुनमा मुर्सीविरोधी प्रदर्शनपछि राजधानी कायरोको जनआन्दोलन चोक ताहरिरमा ९१ महिलासँग सार्वजनिक बलात्कार र यौन उत्पीडन भएको थियो । सर्वेक्षणमा सहभागीले महिलाको बलजफ्ती बिहे र बेचविखनतर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
– See more at: http://www.ekantipur.com/np/2070/7/27/full-story/379094.html#sthash.LSdIG9rJ.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.