सन्तोष सिंह
सर्लाही- सर्लाहीमा संविधान सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी तीनहजार पाँच सयभन्दा बढी हतियारले सुसज्जीत सुरक्षाकर्मीहरु परिचालन गरी सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) दिनेश घिमिरेले बताए।
निर्वाचन असफल पार्न हुने क्रियाकलाप विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने सुरक्षा दस्ता परिचालन गरिएको छ, प्रजिअ घिमिरेले भने– ‘अवस्था अनुसार गोलि चलाउन समेत आदेश टोलीलाई दिएका छौं। टोलीले गोली चलाउन आदेश लिराख्नुि पर्दैन।’ नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोस्रो घेरा र नेपाली सेनाको तेस्रो घेरामा गस्ती भइरहेको उनले बताए। संवेदनशिल स्थानलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ राखिएको प्रअिज घिमिरेको बताए।
निर्वाचन सुरक्षाका लागि लागि नेपाल प्रहरीबाट एक हजार आठ सय हाराहारीमा, एक हजार चार सय ६५ जना म्यादी प्रहरी, सशस्त्र प्रहरीले पनि निर्वाचन क्षेत्रलाई आधार मानेर ६ वटै क्षेत्रीय निर्वाचन सुरक्षा वेस अन्तर्गत डिएसपीको नेतृत्वमा ११ सय भन्दा बढी र पाच सय भन्दा बढी नेपाली सेनाका पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता पृथ्वी नरायण ओलीले बताए।
आठ सय ५३ जनाको दरबन्दी रहेको सर्लाहीमा आठ सय ६२ जना थप नेपाल प्रहरी थपिएको छ। संवेदनशिल मानिएका क्षेत्र नं. १, २, ३ र ६ मा प्रहरी नायव उपरीक्षक (डिएसपी) कै नेतृत्वमा टोली खटाईएको छ। डिएसपी कुशल रानाभाटले क्षेत्र नं. १ को मोर्चा सम्हाल्नेछन्। डिएसपी राजाराम अधिकारीले क्षेत्र नं. २ का लागि सुरक्षा मोर्चा सम्हाल्ने छन्। डिएसपी जगन्नाथ गौतमले भने ईलाका प्रहरी कार्यालय बरहथवामा रहेर क्षेत्र नं. ३ को सुरक्षा मोर्चा सम्हाल्ने छन्। डिएसपी कृष्ण पंगेनीले इलाका प्रहरी कार्यालय गडहियामा रहेर क्षेत्र नं. ६ को मोर्चा सम्हाल्ने छन्। यसअघि १ मात्र डिएसपी रहने जिल्ला प्रहरी कार्यालयको मातहतमा हाल ४ जना डिएसपी निर्वाचनकै सुरक्षाका लागि थपिएका छन्।
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले जिल्लाको सुरक्षा व्यवस्था उच्च पारिएको दावी गर्दै आपराधिक घटना एवं निर्वाचन विरोधी क्रियाक्लाप गर्ने जो कसैलाई कडा कार्वाही गरिने बताए।
यता सशस्त्र प्रहरीले पनि निर्वाचन क्षेत्रलाई आधार मानेर ६ वटा क्षेत्रीय निर्वाचन सुरक्षा वेस अन्तर्गत डिएसपीकै नेतृत्वमा सुरक्षा व्यवस्था मिलाएको छ। सशस्त्र प्रहरीका ११ सय भन्दा बढी सुरक्षाकर्मीहरु निर्वाचन सुरक्षाका लागि परिचालन गरेको छ। क्षेत्र न.ं १ का लागि सागरनाथ बेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. २ का लागि हरिवन बेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. ३ का लागि धरहरा वेस अन्तर्गत १ सय ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भरतबहादुर बस्नेतले बताए। त्यस्तै क्षेत्र नं. ४ का लागि त्रिभुभवनगर वेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. ५ का लागि सुन्दरपुर बेस अन्तर्गत १ सय ३० जना र क्षेत्र नं. ६ का लागि बाराउद्योरण वेस अन्तर्गत १ सय ७१ ज्ना सशस्त्र प्रहरीहरु परिचालन भएका छन्। डिएसपी बस्नेतका अनुसार सदरमुकाम मलंगवामा डिएसपीकै नेतृत्वमा ८० जनाको जिल्ला निर्वाचन सुरक्षा वेस राखिएको छ भने ५० जनाको ‘स्ट्याण्डबाई’ टोली राखिएको छ।
निर्वाचन विरोधी मोर्चाले केही गर्न सक्ने अनुमानका साथ क्षेत्र नं. १, २ र ३ र अति संवेदनशिल क्षेत्रको रुपमा परिचित ६ नं. मा सुरक्षाकर्मीहरुको संख्या बढाईएको छ। हरेक निर्वाचन क्षेत्रमा ‘आईपरे गोली नै प्रहार गर्ने’ सम्मको अधिकार दिएर ३ वटा विशेष सुरक्षा टोली खटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारीले नागरिकलाई बताए।
– See more at: http://nagariknews.com/main-story/story/9831#sthash.JoenVEf0.dpuf
सर्लाहीमा सुरक्षा व्यवस्था ‘हाइअलर्ट’, आइपरे गोली हान्ने आदेश
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.