काठमाडौं- ट्वान्टी-२० विश्वकप छनौटअन्तर्गत अभ्यास खेलमा नेपाल विजयी भएको छ। कप्तान पारस खड्काको अवजित ८५ रनको मद्धतले नेपाल मंगलबार युएईविरुद्ध ५ विकेटको विजयी हात पारेको हो। टस जितेर फिल्डिङ गरेको नेपालविरुद्ध युएईले ७ विकेट गुमाउँदै १३८ रन बनायो। जवाफी ब्याटिङ गरेको नेपालले ३ बल अगावै ५ विकेट गुमाउँदै लक्ष्य पछ्यायो। नेपालका लागि ज्ञानेन्द्र मल्लले २५ र सुवाष खकुरेलले १४ रन बनाए।
– See more at: http://nagariknews.com/sports/cricket/story/9826#sthash.qE0wdszV.dpuf