नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्रवान गरेको आम हड्तालको दोस्रो दिन मंगलबार विहान चितवनको जुगेडी नजिकै गुडिरहेको यात्रुबसमा आगजनी गरिएको छ। आगजनीबाट ना ४ ख ४७३४ नम्बरको यात्रुबस पूर्ण रुपले जलेको प्रहरीले जनाएको छ। गुडिरहेको बसमाथि आगोको राँको आएर लागेपछि बसभित्रका यात्रुहरू ज्यान जोगाउन भागाभाग भएका थिए। गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार, ४ वर्षीय बालक घाइते बन्दकर्ताले ललितपुरको कुमारीपाटीमा गुडिरहेको बा १ ज ६२८८ नम्बरको माइक्रोबसमा पेट्रोल बम प्रहार गरेका छन्। पेट्रोल बम प्रहारबाट ४ वर्षीय बालक अभिषेक लामा घाइते भएका छन्। उनी सामान्य उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। पेट्रोल बम प्रहारबाट बसको पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। काठमाडौंमा चारवटा सवारी तोडफोड गरेका छन्। काठमाडौंमा बन्दकर्ताले पुरानो बानेश्वरको ओरालोमा बा १ च ७९९३ नम्बरको ट्याक्सी, मध्यबानेश्वरमा बा १ च १९६२ नम्बरको ट्याक्सी र नयाँ बानेश्वरमा बा १ ह ३६२३ नम्बरको टेम्पो तोडफोड गरेका छन्।
गुडिरहेको बसमा आगजनी नेपाल बन्दः जताततै बम बिष्फोट, आगजनी र तोडफोड
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.
sikaune ta prachanda nai ta ho ni.