कुवेतमा भाइटिकाको झलक (फोटो फिचर)


जय आले, कुवेत

945472_660735187291657_1246091369_nमुलुकमा भएको राजनैतिक असहजता, काटमार, घुसखोरी र गरिबीबाट पिल्सिएर आफ्नो जन्मभूमी छाडी परदेशी जीबन यापन गर्नु हर नेपाली युवाहरुको बाध्यता भए पनि उनिहरुले मान्दै र अपनाउँदै आएको धार्मिक सहिष्णुता, रीतिरिवाज र संस्कृतिलाई जहाँ बसेर भए पनि अनुसरण गरेको बेला मौकामा देख्न पाईन्छ प्रबासको यो शुन्य बस्तिमा पनि…

भाईटिकालाई दाजुभाइ र दिदीबहिनीको पवित्र रिश्तालाई अझ चुस्त र बलियो पार्ने भगवानको बरदान मानिन्छ । पौराणिक ग्रन्थहरुमा जनाईएनुसार, कात्तिक शुक्ल दित्तियका दिन दिदीले भाइलाई पुजा गरिरहेको बेला आयु सिद्धिएका भाइलाई आफ्ना दूतहरुसहित यमराज लिन आउँदा दिदीले उल्टै यमराजलाई निकै भक्तिभावले पुजा गरेर प्रसन्न बनाई यमराजले बरदान माग्न आज्ञा दिंदा, दिदीले मौका छोपी आयु छिन्न भएको मेरो भाईलाई यो पुजा गरिरहेको भूँइ-मण्डपमा भएको तेल नसुकेसम्म, बलेको बत्ती ननिभेसम्म, भाइलाई पहिर्‍याएको मखमली फूलका माला नओइलाएसम्म र भाइलाई दिएको ओखर पानीमा नभिजेसम्म लैजान पर्खीबक्स्योस् भनी बरदान मागेको र सो बरदान यमराजले दिन वाध्य भएको उल्लेख गरेको पाईन्छ भने अर्कोतिर यमुनाले दाजु यमराजलाई पुजेर मानव जगतमा पनि दिदीबहिनीले आफ्ना दाजुभाइलाई यसरी नै माया गरेर पुज्ने अवसर तोकियोस् भनी अनुरोध गर्दा यमराजले बहिनी यमुनाको आग्रहलाई स्विकार गरी भाईटिकाको दिन तोकिदिएको पनि जनाईएकोले यस भाईटिकाको दिनलाई खासगरी दिदिबहिनी र दाजुभाइहरुले ईश्वरीय बरदानको रुपमा मान्दै आएको प्रचलन छ ।

यस्तै पौराणिक ग्रन्थहरुमा विश्वस्त रहेको नेपाली समाजले विश्वका बिभिन्न कुनाहरुमा बसेर पनि यमराजलाई साँक्षी राखेर भाईटिका लगाएको देख्न पाईंदै आएको छ । कुवेतमा अवस्थित नेपाली समुदाय भित्र पनि भाइटिकाका केही झलकहरु बर्षौं देखी देखिंदै आएको छ भने यस बर्षका केही तस्विरहरु हामीले संकलन गरेर तल लिंक सहित राखेका छौं । कृपया तस्विरहरु ठुलो साईजमा हेर्न तस्विरमै क्लिक गर्नुहुन र तपाईंहरु जो कोहीसँग पनि कुवेतको भाईटिकाका तस्विरहरु छन र प्रकाशित गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

   – एनआरएनए कुवेत एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सदस्य शिव श्रेष्ठकी धर्मपत्नी बिमला श्रेष्ठले जिलिवस्थित आफ्नै निवासमा दाजुभाईहरुको पूजा गरेर भाईटिका लगाई दिंदै..

   – मगर सँघ कुवेतकी उपाध्यक्ष सुश्री किरण आले मगरले फर्वानियास्थित आफ्नै निवासमा दाजुभाईहरुको पूजा गरेर भाईटिका लगाइदिंदै..

अन्य कुवेतको भाईटिकाका झलकहरु-1:

अन्य कुवेतको भाईटिकाका झलकहरु-2:

अन्य कुवेतको भाईटिकाका झलकहरु-3:

अन्य कुवेतको भाईटिकाका झलकहरु-4:

अन्य कुवेतको भाईटिकाका झलकहरु-5:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.